सोनादा: हिल तराई प्राथमिक शिक्षक एसोसिएशन सोनादा सर्कल अनि सीएलआरसी सोनादा सर्कलको आयोजनामा सोनादामा सर्विस बुक डे पालन गरिएको छ। उक्त कार्यक्रममा मुख्य अतिथिको रूपमा जीटीएको डेपुटी चेयरम्यान एंव प्राथमिक शिक्षा बोर्डका प्रमुख राजेस चौहान उपस्थित रहेका थिए। कार्यक्रममा सोनादा क्षेत्रका स्कूल सह निरीक्षक तृष्णा लामा स्कूल बोर्डका डिलिङ रोशनी राई, जिल्ला स्कूल बोर्ड सदस्य सोनादा सर्कलको किरण बरदेवा, सोनादा सर्कलको स्कूल सह निरीक्षक अब्दुल सलाम आदि उपस्थित रहेका थिए। कार्यक्रममा सर्भिस बुक डे विषयमा जानकारी गराइएको छ। यस कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै जिल्ला स्कूल बोर्ड सदस्य सोनादा सर्कलको किरण बरदेवाले पत्रकारहरूसित कुराकानी गर्दै आज सोनादा क्षेत्रमा प्राथमिक शिक्षक शिक्षिकाहरूलाई लिएर सर्विस बुक डे पालन गरिएको र यसमा प्राथमिक शिक्षक शिक्षिकाहरूका सर्विस बुक अपडेट गरिएको छ। यो सर्विस बुक पालन गर्ने निर्णय जीटीएको प्रमुख कार्यपाल अनित थापाको निर्देशनमा डेपुटी चेयरम्यान राजेस चौहानले लागु गरेका छन् जब प्राथमिक शिक्षक शिक्षिकाहरूका सर्विस बुक विषयमा समस्या थियो। तबदेखि यो सर्विस बुक पालन गर्ने कार्यक्रम शुरु भएपछि अहिले प्राथमिक शिक्षक शिक्षिकाहरुको सर्विस बुकको समस्या समाधान भएको छ भनी बताएका छन्। उनले यसको लागि जीटीए प्रमुख अनित थापा, डेपुटी चेयरम्यान राजेस चौहान लगायत हिल तराई प्राथमिक शिक्षक एसोसिएशनको केन्द्रीय समितिका पदाधिकारीहरूलाई धन्यवाद दिएका छन्। उनले अझैं पनि प्राथमिक शिक्षक शिक्षिकाहरुको अन्य विभिन्न समस्याहरू पनि समाधान भएको होस् भनी निवेदन गरेका छन्।











