खरसाङ: जीटीए क्षेत्रका प्राथमिक पाठशालाहरूमा कार्यरत् शिक्षक शिक्षिकाहरूको सर्विस बुक अपडेट गर्नलाई प्रत्येक वर्ष ५ अगस्तमा पालन गरिने सर्विस बुक डे खरसाङमा पनि पालन गरिएको छ। हिल तराई प्राथमिक शिक्षक एसोसिएशन खरसाङ सर्कलको आयोजनामा खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा एक कार्यक्रमबीच सर्विस बुक डे पालन गरिएको छ। उक्त सर्विस बुक डे कार्यक्रममा प्राथमिक शिक्षक शिक्षिकाहरूले आफ्नो आफ्नो कागज पत्रहरू अपडेट गरेको जानकारी प्राप्त भएको छ। जीटीए क्षेत्रका प्राथमिक पाठशालाहरूमा कार्यरत् शिक्षक शिक्षिकाहरू टके सर्विस बुक अपडेट गर्नलाई प्रत्येक वर्ष 5 अगस्तमा सर्विस बुक डे पालन गर्ने चलन जीटीए प्रमुख अनित थापाको निर्देशनमा र डेपुटी चेयरम्यान राजेस चौहानद्वारा गरिएको छ। खरसाङमा सम्पन्न सर्विस बुक डे पालन कार्यक्रममा खरसाङ क्षेत्रका प्राथमिक शिक्षक शिक्षिकाहरूले आफ्नो सर्विस बुक अपडेट गराएका छन्। यस विषयमा हिल तराई प्राथमिक शिक्षक एसोसिएशन खरसाङ सर्कलको अध्यक्षा आरती राई, उपाध्यक्ष सन्तोष थापा र सचिव अशोक प्रधानले पत्रकारहरूसित कुराकानी गर्दै विस्तृत रुपमा जानकारी गराएका छन्। उनीहरूले शिक्षक शिक्षिकाहरू टक लागि सर्विस बुक डे पालनको लागि जीटीए प्रमुख अनित थापा र डेपुटी चेयरम्यान राजेस चौहानलाई धन्यवाद दिएका छन्। उनले सर्विस बुकमा अपडेट गर्नलाई सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन्।











