मिरिक: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको शिक्षा विभाग(प्राथमिक शिक्षा)को पहलमा सम्पूर्ण गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन क्षेत्र भरिका प्राथमिक शिक्षक शिक्षिकाहरूको सर्विस बुकलाई ठीकसितले लेख्न र कतिपय छोड़िएका अर्डरहरुलाई लागु गरिनु हेतुले लिइएको यो सर्विस बूक डेको पहललाई हिल तराई प्राथमिक शिक्षक संगठनले हर्षित बन्दै स्वागत गरेको र मिरिक क्षेत्र समितिले आज मिरिक सर्कल अफिस लगायत जिल्ला पाठशाला परिषदको संयुक्त पहलमा मिरिकमा पनि सर्विस बुक डे पालन गरेको छ। जिल्ला पाठशाला परिषदबाट मिरिक क्षेत्रका डीलिङ क्लर्क सोनम शेर्पा मिरिकका सह परिदर्शक मनोरञ्जन गुप्ता लगायत मिरिक क्षेत्रका सुकान्त राई, प्रभात छेत्री र मनोहर राईको सहयोगमा र हिल तराई प्राथमिक शिक्षक सँगठन मिरिक क्षेत्र समितिका अध्यक्ष निरज राई, सचिव रिखीचरन खाती, मिरिक शाखा समितिबाट अध्यक्ष दिपराज राई, सचिव रितेश गुप्ता लगायत जिल्ला पाठशाला परिषदको बोर्ड सदस्यद्वय संजय स्याङ्गबो र शंकर लामाको उपस्थितिमा मिरिक क्षेत्रभरिका शिक्षक शिक्षिकाको सर्विस बुक अपडेट भएको छ। मिरिक क्षेत्रका सम्पूर्ण शिक्षिकाहरूको तर्फबाट हिल तराई प्राथमिक शिक्षक संगठनले गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन लगायत जिल्ला पाठशाला परिषद अध्यक्षलाई धन्यवाद दिन्दै सम्पूर्णमा बधाई दिएका जानकारी शाखा सचिव रितेश गुप्ताले दिएका छन्।











