मिरिकमा नशालु पदार्थ सेवन र ओसार प्रसार विरूद्ध सचेतना रैलीकाे आयाेजना

IMG-20240805-WA0224

मिरिक: मिरिकका सक्रिय युवाहरूकाे संगठन लेट्स गाे फाउण्डेसनकाे आयाेजनामा आज मिरिकमा नशालु पदार्थ सेवन र ओसार प्रसार विरूद्ध सचेतना रैलीकाे आयाेजना गरियाे। उक्त रैलीमा मिरिकका विभिन्न स्कूल-कलेज अनि गैर सरकारी संस्थाका प्रतिनिधिहरू अनि सदस्यहरू, एसएसबीका जवानहरूकाे सहभागिता रहेकाे थियाे। यस अवसरमा नशालु पदार्थ विरूद्ध सचेतना गराउँदै आइरहेका सचेतक प्रेमुस भोटिया पनि उपस्थित थिए। यस अवसरमा बाेल्दै प्रेमुस भाेटियाले विगतमा म पनि नशामा डुबेकाे थिए। नशामा डुब्दा मैले जति भाेगे त्याे वर्णन गर्न सकिन्दैन भन्दै नशा कसैले छाेडभन्दा छाेड्ने विषय हाेइन। आफैले नै नशा छाेड्नुपर्छ। हामी केवल सचेत गराउने कार्य गर्छाैं। तर छाेड्नु पर्ने आफैले हाे। नशा छाेडेपछि जीवन सुखमय बन्नेछ भने। उनले नशालु पदार्थ विरूद्धमा प्रत्येक ठाँउमा हुने सचेतना अभियानमा आफू सहभागी बनेर युवाहरूलाई सचेत गराउने कार्य गरिरहेकाे बताए। आयाेजक लेट्स गाे फाउण्डेसनका अध्यक्ष दर्शन गुरूङले सबैकाे सहयाेग र सहभागितामा मिरिकमा नशालु पदार्थ विरूद्ध निकालिएकाे रैली सफल भएकाे जानकारी गराउँदै मिरिकलाई नशालु पदार्थमुक्त बनाउनु सके मात्र याे अभियान वास्तविक रूपमा सफल बन्नेछ भनी बताएका छन्।

उनले लेट्स गाे फाउण्डेसनले नशालु पदार्थ विरूद्धकाे अभियानलाई निरन्तरता दिनेछ भन्दै नशामुक्त मिरिक बनाउन हामी सक्रिय कार्य गर्नेछाैं भनी बताए। यस अवसरमा मिरिक नगरपालिका अध्यक्ष एलबी राई, जीटीएका जनसम्पर्क अधिकारी विवेक गाेले पनि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement