जलपाईगढी: पूर्वानुमानका अनुसार उत्तरी जलपाईगढी, अलिपुरद्वार, दार्जीलिङ र कालेबुङमा भारी वर्षाको सम्भावना छ। यहाँ लगातारको वर्षापछि बंगलादेशको सिमानासम्मको टिस्टा, डोम्हानी र मेखलीगञ्जका असुरक्षित क्षेत्रमा यल्लो अलर्ट जारी गरिएको छ। केन्द्रीय बाढी नियन्त्रण कक्ष, जलपाईगढीका स्रोतहरूले भने कि आज बिहान जलपाईगढी गजलडोबा टिस्टा ब्यारेजबाट धेरै पानी छोडिएको छ। यसैबीच, सोमबार बिहानदेखि जलपाईगुडीमा आकाश बादल लागेको छ। जलपाईगढी जिल्लामा रातभरि छिटपुट भारी वर्षा पछि जलपाईगढीमा हल्कादेखि मध्यम वर्षा शुरु भएको छ। जिल्ला प्रशासनले पहाडी नदीमा पानीको बहाव बढ्ने सम्भावनालाई लिएर प्रभावित क्षेत्रमा जनचेतना जगाउन माइकिङ गरेको छ। जलपाईगढी जिल्ला मजिस्ट्रेट श्यामा परवीनले भने कि हाल परिस्थितिसँग जुध्न सबै कर्मचारीहरूको सार्वजनिक बिदा रद्द गरिएको छ। जिल्ला प्रशासन कुनै पनि विपद्को सामना गर्न तयार छ।











