जलपाईगढी: जलपाईगढी सदर ब्लकको पहाडपुर ग्राम पञ्चायत अन्तर्गत पटकाटा कालोनी क्षेत्रका बासिन्दा बाँदरबाट निकै समस्यामा परेका छन्। हरेक दिन बाँदरको समूह गाउँमा आउने गर्छ। बाँदरको समूहले घरबाहिर आतंक मात्र नभई घरभित्र पसेर घरका सामानमा समेत क्षति पुर्याउने गरेको स्थानीयको गुनासो छ। पहाडपुर ग्राम पञ्चायत अन्तर्गत पटकाटा कोलोनी क्षेत्रका बासिन्दा यसबाट साह्रै सास्तीमा छन्। यस क्षेत्रमा बारम्बार बाँदरको आतंक छ। चिया बगानको छेउमा बैकन्थपुर र चिया बगानको छेउमा बोडागञ्ज जंगल रहेको स्थानीयले बताए। यो जंगलबाट बाँदरको समूह आएको हुनसक्छ। स्थानीय बासिन्दाले बाँदरको त्रासबाट मुक्ति पाउन वन विभागसँग हस्तक्षेप गर्न माग गरेका छन्।












