भूटानमा तस्करी गर्न अगावै रातो पाण्डा र चितुवाको छाला सहित नेपालका ३ जना तस्कर पक्राउ

IMG_20220817_154431.jpg

राजगञ्ज: बेलाकोबा रेञ्जका वन कर्मीहरूले दुई वटा विलुप्त रातो पाण्डाको छाला अनि एउटा चितुवाको छाला सहित ३ जना तस्करलाई पक्राउ गरेको छ। जानकारी अनुसार हिज मंगलवार अपरान्ह गोप्य सूत्रको मा बेलाकोबा रेञ्जका रेञ्जर संजय दत्तको नेतृत्वमा सिलगढी संलग्न पीडब्ल्यूडी मोडमा अभियान चलाएर ३ जना तस्करलाई पक्राउ गरिएको हो। पक्रा पर्ने तस्करहरूमा चन्द्र प्रकाश चेमजोंग (३५), गोविन्द सुब्बा लिम्बू (२५) र याकपू शेर्पा (३७) सामेल छन्। यी तीनै जना नेपाल निवासी हुन्। तस्करी गर्दा प्रयोग गरिएको नेपाल नम्बरको एउटा बाइक पनि वन विभागले जफत गरेको छ। वन विभाग अनुसार, नेपालबाट तस्करी गरेर छाला भूटान लगिरहेको थियो। पक्रा परेका तस्करहरूलाई आज जलपाइगढी जिल्ला अदालतमा पेश गरियो। वन विभागले सम्पूर्ण घटनाको जाँच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement