सुनसरीमा महिलाको शव भेटिएको घटना शंकास्पद

IMG-20240629-WA0057-copy

झापा (नेपाल): सुनसरीमा एक महिलाको शव नग्न अवस्थामा फेला परेको छ। सदरमुकाम इनरुवामा  एक महिलाको  नग्न अवस्थामा शव फेला परेको हो। जिल्ला पुलिस कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीका अनुसार भोक्राहा–नरसिंह गाउँपालिका १ घर भएकी अन्दाजी ४२ वर्षीया सैफूल खातुनको इनरुवा ३ मा नग्न अवस्थामा शव फेला परेको हो।‘घटना शंकास्पद भएका कारण हामीले अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसमेत मगायौँ,’ डीएसपी भण्डारीले भने, ‘शव पोस्टमार्टमका लागि पठाएका छौँ। रिपोर्ट नआइकन घटनाको कारण पत्ता लागेको छैन।’उनले परिवारको भनाइ उदृत गर्दै ती महिला ‘मानसिक रोगी‘ जस्तो रहेको बताए। ‘मृतकका भाईको भनाइ अनुसार ती महिला मानसिक रोगीको बिरामी समेत रहिछन्’, उनले भने, ‘घटना शंकास्पद भएपनि अनुसन्धान नभई यसै भन्न सकिन्न। ’उनका अनुसार मृतक महिलाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि पठाइएको छ। स्थानीयवासीले शव देखेपछि पुलिसलाई खबर गरेका थिए। घटनास्थलमा पुगेको पुलिसले महिलाको नग्न अवस्थामा शव फेला पारेपछि घटना शंकास्पद भएको अनुमान गर्दै अनुसन्धानका लागि तालिम प्राप्त कुकुर मगाएको थियो।अहिलेसम्म घटनामा संलग्नको पहिचान भइनसकेका कारण प्रारम्भिक अनुसन्धान शुरू गरिएको पुलिसले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement