गोर्खाहरूले भारत सरकारबाट न्याय पाउनुपर्छ भन्दै गोरामुमोद्वारा खरसाङमा कालो झण्डा लगाउने कार्य सम्पन्न

IMG-20240805-WA0198

खरसाङ: गोर्खाहरू पहाड़मा खुशी छैनन् अनि भारत सरकारले झट्टै गोर्खाहरूलाई न्याय दिनुपर्छ भन्दै गोरामुमोले आज खरसाङ क्षेत्रमा कालो झण्डा लगाउने कार्य सम्पन्न गरेको छ। गोरामुमो खरसाङ ब्राञ्च कमिटीको अध्यक्ष निमा लामाको अगुवाईमा गोरामुमोले खरसाङ क्षेत्रमा कालो झण्डाहरू लगाउने कार्य सम्पन्न गरेको छ। गोरामुमो केन्द्रीय अध्यक्ष मन घिसिङको निर्देशनमा गोरामुमोले आज दार्जिलिङ, खरसाङ, मिरिक र कालेबुङमा गोर्खाहरूलाई केन्द्र सरकारले झट्टै न्याय दिनुपर्छ भन्दै कालो झण्डाहरू लगाउने कार्य गरिहेका छन्। यसै क्रममा खरसाङ क्षेत्रमा पनि कालो झण्डा लगाउने कार्य सम्पन्न गरेको छ। गोरामुमोले खरसाङ बजार आउन अघि नै कालो झण्डा लगाउँदै वर्ध्दमान रोड हुँदै हिल कार्ट रोड अनि मोटर स्ट्याण्ड हुँदै रोहिणीसम्म कालो झण्डा लगाउने कार्य सम्पन्न गरेको छ। गोरामुमोले खरसाङ बजारमा झण्डा लगाउने कार्यमा खरसाङ ब्राञ्च कमिटीको अध्यक्ष निमा लामा लगायत अन्य पदाधिकारीहरू उपस्थित रहेका थिए। गोरामुमोद्वारा खरसाङमा कालो झण्डा लगाउने कार्य गरेको विषयमा पत्रकारहरूसित कुराकानी गर्दै गोरामुमो खरसाङ ब्राञ्च कमिटीको अध्यक्ष निमा लामाले अहिलेसम्म गोर्खाहरूले न्याय पाएको छैन तर यसपाली पनि हामीले सांसदलाई राम्रोसितले जिताएर पठाएको हो र हाम्रो मांग माग्नु हाम्रो अधिकार हो भनी बताएका छन्। उनले अहिलेघरि भारत सरकारले दार्जीलिङ पहाड र तराई डुवर्सलाई अलिक अनदेखा गर्न खोजेको जस्तो लाग्यो र पार्टी अध्यक्ष मन घिसिङको निर्देशनमा पार्टीको झण्डालाई पर सारेर जातिको लागि हामीले कालो झण्डाहरू लगाउने कार्य सम्पन्न गरिएको जानकारी गराएका छन्।

निमा लामाले हामी राजनैतिक झण्डालाई पर सारेर हामी गोर्खाहरू खुशी छैनौं भन्दै गोर्खाहरूलाई भारत सरकारले झट्टै न्याय दिनुपर्छ भनी मांग गर्दै कालो झण्डा लगाउने कार्य गरिएको बताएका छन्। लामाले पत्रकारहरूले सोधेका प्रश्नको उत्तर दिन्दै भने, ‘सरकार गठन भएको यतिको समय बितेर गए पनि गोर्खाहरूको लागि केही भएको छैन। अहिले हामी सुरक्षित छैनौं। अब भारत सरकारले गोर्खाहरूलाई झट्टै न्याय दिनुपर्छ। यहाँ जीटीएको कुनै ग्यारेन्टी छैन। गोरामुमोले आफ्नो राजनैतिक पार्टीको झण्डालाई पर सारेर जातिको लागि अघि आएर काम गरिरहेको छ। हामी स्वाभिमानी गोर्खा हौं। गोर्खाले न्याय पाएको हुनुपर्छ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement