कालचिनीमा सन्डे आर्ट हाट शुरु

595344c7-2973-4b76-971f-2b2d852ec551

कालचिनी- राईमाटाङ बाइसधुरा चियाबारीको एकजना शिक्षित बेरोजगार युवा निमेष लामा र तिनको सहमित्रहरूले बाइसधुरास्थित खेल मैदानको कुनामा रहेको एउटा शिरीषको रुखमुनि सन्डे आर्ट हाट शुरु गरेका छन। मूलतः इकोस्फेयरको थीममाथि प्राकृतिक परिवेशमा एउटा खुल्ला पुस्तकालय राखेर प्रत्येक आइतबार सन्डे आर्ट हाटको आयोजना गरिने र यसको मूल उद्देश्य परिवेश अनुकूल व्यावहार अप्नाएर किताब अध्यन र चर्चा औ सन्डे आर्ट हाटमा सहभागी बन्नेहरूले आफ्नो कला प्रदर्शन गर्ने खुल्ला मञ्च प्रदान गरिएको निमेष लामाले जनाएका छन्।

निमेषलाई साथ दिने प्रत्येक साथी भाईहरूले प्रत्येक आइतबार सन्डे आर्ट हाटको अध्यक्षता गरेर कार्यक्रम सञ्चालन गर्ने औ सहभागी बन्न आएका कलाकार, साहित्यकार, कविहरूलाई शिरीषको छाँयादार रुखको छहारीमा नै स्वागत गरिने औ चर्चा परिचर्चा गर्ने कार्यक्रम रहेको निमेष लामाले जनाएका छन्। आज यसै क्रममा कालचिनी सृजनशील समूहको सदस्यहरू कवि तथा कथाकार अबीर खालिङ, कवि चन्दन भट्टराई, चित्रकार सञ्जोग लामा समाजसेवी कौशल गोले एवम् पत्रकार पी लामा आदि सन्डे आर्ट हाटको साक्षी बनेको थियो भने सृजनशील समूहको सदस्य कवि ज्ञानलाल दर्नालले कविता वाचन गरेको थियो।

यसरी नै रेहान राजाले गजल र कविता वाचन गरेको थियो। सन्डे आर्ट हाटलाई रोमाञ्चित गर्न स्वयं निमेष लामा उर्गेन लामाले गीत गाएको थियो भने  किसान लोहार र शुभङ्कर ग्वाला र राजीब लामाले कार्यक्रम सञ्चालन गर्न सहयोग पुऱ्याएको थियो। सन्डे आर्ट हाट शिरीषको रुखमुनि गर्नको उद्देश्य यहाँ केही मानिसहरूले जुवाको अड्डा बनाउन लागेको र यस्तो अनैतिक औ अवैद्य क्रियाकलाप रोक्नलाई पनि इकोस्फेयरको थीममाथि यो सन्डे आर्ट हाट शुरु गरिएको र प्रत्येक आइतबार बिहान 10 बजीदेखि बेलुकी 4 बजीसम्म यो सन्डे आर्ट हाटको आयोजना गरिने निमेष लामाले थप जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement