पेरिस ओलम्पिक २०२४:सय मीटरको दौड़मा अमेरिकाका नोआ लायल्स विजेता

IMG-20240805-WA0152

पेरिस: पेरिस ओलम्पिक २०२४-मा अमेरिकाका एथलीट नोआ लायल्सले पुरुषहरूका १०० मीटर दौड़को खिताब जिते। लायल्सले आफ्नो निकटतम् प्रतिद्वन्द्वी जमैकाका किशेन थम्पसनलाई पछि छोड़ेर स्वर्ण पदक हासिल गरे। यस स्पर्धामा अमेरिकाकै फ्रेड केर्लीले काँस्य पदक जिते। टोक्यो ओलम्पिकका च्याम्पियन इटलीका जेकब लोमण्ट मार्सेल पाँचौं स्थानमा रहे अनि आफ्नो स्वर्ण पदक बचाउन सकेनन्। यसरी लायल्स पूर्व एथलीट जस्टिन गेटलिनपछि पुरुषहरूका १०० मीटर दौड़मा स्वर्ण पदक जित्ने अमेरिकाका पहिलो एथलीट बने। गेटलिनले २००४-को एथेन्स ओलम्पिकमा स्वर्ण पदक जितेका थिए। आइतवार रेसको शुरुवातमा थम्पसन अघि रहे पनि लायल्सले तेजीको साथ दगुर्दै पहिलो स्थान हासिल गरे। यसरी लायल्सले ९.७८४ सेकेण्डको आफ्नो सर्वश्रेष्ठ समयको साथ स्वर्ण पदक जिते। यसरी दोस्रो स्थानमा रहेर रजत पदक जित्ने थम्पसनले ९.७८९ सेकेण्डमा रेस पूरा गरे। लायल्स र थम्पसनबीच केवल ०.५ सेकेण्डको अन्तर थियो। यसरी काँस्य पदक जित्ने केर्लीले ९.८१० सेकेण्डमा दौड़ पूरा गरे।
एथलीटहरूका परिणाम जान्न सामान्य अधिक समयसम्म प्रतीक्षा गर्नु पऱ्यो कारण रेस पूरा हुँदा सातैजना एथलीट एकसाथ फिनिशिंग लाइनमा देखिएका थिए। यसैकारण मामिला नजिकको लागिरहेको थियो। अन्तमा लायल्सलाई च्याम्पियन घोषित गरियो। रियो र टोक्यो ओलम्पिकमा सामान्य अन्तरले पदक जित्नदेखि चुक्ने दक्षिण अफ्रिकाका अकाने सिमबाइन पेरिसमा पनि पोडियन फिनिश गर्नदेखि चुके अनि चौथो स्थानमा रहे। लायल्सले गत वर्ष वर्ल्ड च्याम्पियनशीपमा पुरुषहरूका १०० मीटर र २०० मीटरको दौड़ जितेका थिए। उनले गत वर्ष वर्ल्ड च्याम्पियनशीप अघि उसैन बोल्टको २०० मीटरको वर्ल्ड रेकर्ड तोड़्ने वाचा गरेका थिए। उनले स्वर्ण पदक जिते पनि बोल्टको रेकर्ड चाहिँ तोड़्न सकेका थिएनन्। लायल्सले त्यस समय १९.५२ सेकेण्डको समय लिएका थिए जबकि बोल्टको रेकर्ड १९.१९ सेकेण्डको रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement