पेरिस ओलम्पिक २०२४:अल्काराजलाई पराजित गरी स्वर्ण पदक जितेर इतिहास रचे जोकोविचले

IMG-20240805-WA0146

पेरिस: सर्बियाका दिग्गज खेलाड़ी नोवाक जोकोविचले पेरिस ओलम्पिक २०२४-को पुरुष एकल टेनिस प्रतियोगिताको फाइनलमा स्पेनका युवा खेलाड़ी कार्लोस अल्काराजलाई पराजित गरी स्वर्ण पदक जिते। उनले रोमाञ्चक फाइनलमा अल्काराजलाई ७-६ (३), ७-६ (२)-ले पराजित गरी आफ्नो करियरमा पहिलोपल्ट ओलम्पिक स्वर्ण पदक जिते। यसको साथै उनी गोल्डन स्ल्याम पूरा गर्ने टेनिसको इतिहासमा पाँचौं खेलाड़ी बने। जब कुनै खेलाड़ीले आफ्नो करियरमा ४ वटा ग्राण्ड स्ल्याम (अष्ट्रेलियन ओपन, फ्रेञ्च ओपन, विम्बल्डन र यूएस ओपन) खिताबको साथमा ओलम्पिकमा पनि स्वर्ण पदक जित्छन्, त्यसलाई गोल्डन स्ल्याम भनिन्छ। जोकोविचले आफ्नो करियरको अन्ततिर त्यही गोल्डन स्ल्याम पूरा गरे। स्टेफी ग्राफ एकै साल (१९८८)-मा यस उपलब्धिलाई हासिल गर्ने एकमात्र खेलाड़ी हुन्। यसरी एकल र युगल दुवैमा गोल्डन स्ल्याम हासिल गर्ने एकमात्र खेलाड़ी सेरेना विलियम्स (२०१२) हुन्। पुरुष खेलाड़ीहरूमा आन्द्रे आगासी (१९९९), रफायल नडाल (२०१६) र जोकोविचले यस उपलब्धिलाई हासिल गरेका छन्। जोकोविचले यसअघि बेजिंग (२००८) ओलम्पिकमा काँस्य पदक जितेका थिए। यसपाली उनी ३७ सालको उमेरमा १९८८ पछि ओलम्पिक टेनिस स्पर्धामा स्वर्ण पदक जित्ने सबैभन्दा अधिक उमेरका खेलाड़ी बने। अल्काराजविरुद्ध जीत हासिल गरेपछि जोकोविच कोर्टमा लड़े अनि उनलाई रोईरहेको देखियो। म्याचपछि उनले आफ्नो परिवारसँग भेट गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement