लेटाङमा डेङु संक्रमणबाट एकजनाको निधन

IMG-20240805-WA0120

झापा: मोरंग जिल्लाको लेटाङ, ३ दर्जिलिङ लाइनकी तारादेवी श्रेष्ठको डेङ्गुको कारण निधन भएको छ। २५०० प्लेटलेट्स भएपछि उनलाई नोबेल हस्पिटल बिराटनगरमा उपचारको लागि लगिएको थियो। उपचारको क्रममा गएराति उनको निधन भएको हो।
तारा देवीको डेङ्गु संक्रमणको कारण स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई अस्पताल पुर्याइएको थियो। नोबेल हस्पिटलमा चिकित्सकहरूले अथक प्रयास गरे तापनि उनको स्वास्थ्यमा सुधार आउन सकेन र गएराति उनको निधन भएको हो।
यस घटनाले स्थानीय क्षेत्रको स्वास्थ्य र सरसफाइ व्यवस्थापनमा थप ध्यान दिनुपर्ने आवश्यकता औंल्याएको छ। स्थानीय प्रशासनले डेङ्गु रोकथामका लागि आवश्यक कदम चाल्न आग्रह गरेको छ। तारा देवीको निधनले परिवारजन र सम्पूर्ण समुदायमा शोक छाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement