झापा: झापा जिल्लाको भद्रपुर नगरपालिका-१० स्थित धनुषमोड चोकमा टिपरको ठक्करबाट मोटरसाइकल चालक घाइते भएका छन्।
चन्द्रगढीबाट चारआली तर्फ जाँदै गरेको मे १ ख २८५७ नम्बरको टिपरले बिर्तामोडबाट चन्द्रगढीतर्फ आउँदै गरेको प्र-१-१०-१६ प ३१४४ नम्बरको मोटरसाइकललाई रविबार बिहान ठक्कर दिएको थियो।
मोटरसाइकल चालक भद्रपुर नगरपालिका ६ गिरी चोकका २४ वर्षीय विजय शङ्कर यादव घाइते भएका छन्। उनको दाहिने खुट्टा भाँचिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घाइतेको अोमसाइ पाथीभरा हस्पिटल भद्रपुरमा उपचार भइरहेको छ भने टिपर चालक फरार रहेको प्रहरीले जनाएको छ।











