झापा: कास्कीको पोखरा महानगरपालिका-६ नारेश्वर चोकमा रहेको सपिङ सेन्टरमा सञ्चालक आफैले आगजनी गरेको खुलेको छ। ड्यामसाइडका ३६ वर्षीय सुजन गहतराजले बिमा रकम दाबी गर्न जुलाई ३१को बिहान आफ्नै पसलमा आगजनी गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो। जुलाई ३१ बिहान लागेको आगोले लेकसाइडको नारेश्वरचोकस्थित मुक्तिनाथ सपिङ सेन्टरको मदिरा, ग्रोसरी, कस्मेटिक लगायतका सामग्री जलेर सबै खरानी भएका थिए। अनुसन्धानबाट पोल खुलेपछि दुबै जना पक्राउ परेका छन्।











