दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को आयोजनमा जारी प्रतिष्ठित हर्ली मेमोरियल कप नक्आउट फूटबल टुर्नामेण्टको १०७औं संस्करणमा दार्जीलिङ पुलिस र सासोनिअन फूटबल क्लबले प्री-क्वार्टर फाइनलमा स्थान बनायो। लेबोंग स्थित गोर्खा स्टेडियममा आइतवार खेलिएको पहिलो म्याचमा दार्जीलिङ पुलिसले युनाइटेड रंगबूल फूटबल क्लबलाई ४-०-ले पराजित गऱ्यो। विजेता टीमबाट सिद्धान्त छेत्रीले दोस्रो, एरोन राईले ३४औं, रुड गुलिटले ५६औं र डिफेण्डर दिवस तामाङले ७६औं मिनटमा गोल गरे। यसरी दिनको दोस्रो म्याचमा कालेबुङको सासोनिअन फूटबल क्लबले दार्जीलिङ डायनामोलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट केरोन सुब्बाले ६७औं र सुभाष गुरुङले ७८औं मिनटमा गोल गरे। सोमवार पनि दुईवटा म्याच खेलिनेछ। दिउँसो १३ बजीदेखि शुरु हुने म्याचमा कालेबुङ पुलिस र भाह तकभर एफसी-बीच भिड़न्त हुनेछ। यसरी दोस्रो म्याच दिउँसो २ बजीदेखि सेण्ट जोसेफ्स कलेज र हिमालश्री एथलेटिक क्लबबीच खेलिनेछ। टुर्नामेण्टमा जम्मा १७ वटा टीमलाई प्रवेश दिइएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल ११ र १२ अगस्तमा हुनेछ। यसरी फाइनल १५ अगस्तमा खेलिनेछ।










