सेमिफाइनलमा हारपछि लक्ष्य समक्ष अब काँस्य पदक जित्ने मौका

IMG-20240804-WA0305

पेरिस: भारतका स्टार शट्लर लक्ष्य सेनले पेरिस ओलम्पिकको पुरुष एकल ब्याडमिण्टनमा डेनमार्कका दिग्गज खेलाड़ी भिक्टर एक्सेलसनविरुद्ध सेमिफाइनल म्याचमा हारको सामना गर्नु पऱ्यो। लक्ष्यले म्याचमा असल शुरुवात गरे पनि एक्सेलसनले दुवै गेममा आफ्नो अनुभवलाई काममा लगाउँदै भारतीय खेलाड़ीलाई २२-२०, २१-१४-ले पराजित गरे। लक्ष्यले यस म्याचमा जीत हासिल गर्न सकेको भए भारतको निम्ति कम्तीमा रजत पदक पक्का हुने थियो तर अब उनले काँस्य पदकको निम्ति चुनौती पेश गर्नेछन्। चाखलाग्दो कुरा के छ भने आज म्याचको दुवै गेममा लक्ष्यले बढ़त हासिल गरिसकेका थिए अनि पहिलो गेम त उनले जित्ने तय लागिरहेको थियो तर डेनमार्कका खेलाडीले पनि धैर्यको साथ खेल्दै म्याच जिते। सेमिफाइनलमा बाहिर भएर फाइनल खेल्ने मौका गुमाए पनि लक्ष्यसँग अब काँस्य पदक जित्ने मौका रहेको छ। ओलम्पिकको इतिहासमा सेमिफाइनल म्याच खेल्ने लक्ष्य पहिलो भारतीय पुरुष ब्याडमिण्टन खेलाड़ी हुन्। काँस्य पदकको म्याचमा लक्ष्यको भिड़न्त मलेशियाका सातौं वरीयता प्राप्त जिया जी ली-सँग हुनेछ। म्याच सोमवार खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement