पारुल चौधरी ३००० मीटर स्टीपलचेजमा आठौं स्थानमा

IMG-20240804-WA0293

पेरिस: राष्ट्रिय रेकर्ड धारक पारुल चौधरी महिलाहरूकी ३००० मीटर स्टीपलचेजमा आइतवार पेरिस ओलम्पिकको हिट रेसमा आठौं स्थानमा रहेर फाइनल राउण्डको निम्ति क्वालीफाई गर्नदेखि चुकिन्। यस २९ वर्षीय एथलीटले ९ मिनट २३.३९ सेकेण्डमा दौड़ पूरा गरिन्, जुन उनको यस सीजनको उनको सर्वश्रेष्ठ समय थियो। तीनवटा हीट रेसबाट प्रत्येकको शीर्ष पाँचमा रहनेले फाइनलको निम्ति क्वालीफाई गर्छन्। वर्तमान ओलम्पिक च्याम्पियन युगाण्डाकी पेरुथ चेमुताईले ९ मिनट १०.५१ सेकेण्डको समयसहित हीट नम्बर एक जितिन्। यसको साथै पारुलको ओलम्पिक अभियान पनि समाप्त भयो। यसअघि अंकिता ध्यानी पनि महिलाहरूकी ५००० मीटर दौड़को निम्ति फाइनलमा स्थान बनाउन असफल रहेकी थिइन्। पारुलले पनि आज आफ्नो सर्वश्रेष्ठ प्रयास गरिन् तर त्यो फाइनलमा स्थान बनाउन पर्याप्त थिएन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement