गान्तोक: सिक्किम राज्यको दुई दिने भ्रमणमा भाजपाका प्रवक्ता अनि सांसद डा. सम्बित पात्राले आज मुख्यमन्त्री प्रेमसिंह तामाङसित उनको सरकारी आवास मिन्तोकगाङमा भेट गरे। बैठकअवधि दुई नेताबीच राज्य र राष्ट्र दुवैको हितमा सहकार्यमाथि चर्चा भयो। पछि मुख्यमन्त्री तामाङले सामाजिक सञ्जालमा भाजपा नेतासँग भेटघाटबारे जानकारी गराउँदै बैठकलाई फलदायक बताएका छन्।
उल्लेखनीय छ, डा. सम्बित पात्रा स्थानीय सरोकारवालाहरूसँग केन्द्रीय बजेट २०२४-२५ सम्बन्धी अन्तरक्रियात्मक सत्रमा संलग्न हुन सिक्किमको दुई दिने भ्रमणमा छन्।










