गेजिङको क्योङसा स्टेडियममा फूटबल प्रतियोगिता

IMG-20240804-WA0302

गान्तोक: गेजिङ जिल्लाको क्योङसा स्टेडियममा आयोजित ७८औं स्वतन्त्रता दिवस कार्यक्रमको दोस्रो दिन सामाजिक कार्यकर्ता जामयाङ कुङ्गा भोटिया मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए भने महकुमा अधिकारी एनबी विश्वकर्म लगायत अन्य अधिकारीहरूको पनि सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि भोटियाले यस प्रकारको कार्यक्रम आयोजना गरेकोमा जिल्ला प्रशासन र याङथाङ स्पोर्टिङप्रति कृतज्ञता प्रकट गरे। विशेष गरेर उनले यस महत्वपूर्ण कार्यक्रमको लागि धन्यवाद पनि दिए। यस प्रकारको कार्यक्रम आयोजना गर्न क्षेत्र विधायकले सहयोग पुऱ्याएकोमा धन्यवाद दिँदै यस खेल मैदानको निर्माण कार्य समयमा नै समाप्त गरेकोमा उनले मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति कृतज्ञता प्रकट गरे। अब यस मैदानले धेरै खेलाडीहरू जन्माउन सक्ने भोटियाले सम्भावना व्यक्त गरे। उनले नानीहरूलाई खेलकूदप्रति प्रोत्साहन गर्न अभिभावकवर्गले अहंम भूमिका निर्वाह गर्नुपर्ने साथै सहयोग पुऱ्याउनु पर्न आग्रह गरे। आजको मुख्य आकर्षण फूटबल प्रतियोगिता रहेको थियो, जसमा पुरूषवर्गको प्रतियोगिता भवन तथा आवास विभाग बनाम नादोङ फूटबल एकादमी कालेबुङबीच सम्पन्न भएको थियो,जसमा भवन तथा आवास विभागले शून्यको विरूद्ध ८ गोल गरेर क्वाटर फाइनमा प्रवेश गरेको छ भने सोही विभागका खेलाडी दोर्जी तामाङलाई म्यान अफ् द म्याच घोषित गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement