गोलीटार फुटबल: सिङ्ताम किङ्ग्स विजयी

IMG-20240804-WA0306

गोलीटार: गोलीटार खेल मैदानमा आज उद्घाटन गरियो स्व. फूलमाया प्रधान स्मारक खुल्ला पुरुष फुटबल टुर्नामेन्ट। ७८औं स्वतन्त्रता दिवसको अवसरमा आयोजन भइरहेको यस उद्घाटन म्याचको मुख्य अतिथि तथा कालेबुङ जिल्लाअन्तर्गत तारखोला १० माइलका सभासद् बिरेन राई मुख्य अतिथिको रुपमा उपस्थित थिए। आईडीसीसी पश्चिम पाण्डाम जीपीयु आयोजित यस उद्घाटन म्याच स्मेक सक्कर सी अनि सिङ्ताम किङ्ग्स बीच बढ़ो रोचक ढङ्गमा सम्पन्न भयो,जसमा १० को बिरुद्ध ११ गोल लगाएर सिङ्ताम किङ्ग्स विजय बन्यो। रहेको छ।
विभिन्न नृत्यहरु प्रदर्शित गरि शुभारम्भ गरिएको यस म्याचको मेन अफ दी म्याच उपविजयी दल स्मेक सक्करका खेलाड़ी जर्सी नम्बर ४ साइकियालाई चयनित गर्दै यसको ट्रफी मुख्य अतिथिको बाहुलीबाट प्रदान गरियो। मुख्यअतिथि एंव सभासद् बिरेन राईलाई आयोजक समितिले खदा-माला लगाएर तथा बेण्ड बाजा बजाएर भव्य स्वागत जनाएका थिए। खेलको अन्तमा पश्चिम पाण्डाम जीपीयूकी सभापति श्रीमती कुसुम तामाङको बाहुलीबाट मुख्य अतिथि अनि विशिष्ट अतिथिलाई स्मृति चिन्ह प्रदान गरियो। भोलि २ वटा म्याच खेलाइने छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement