माल बस्तीमा समपन्न स्वतन्त्रता दिवस नगद राशी फुटबल प्रतियोगिताको तेस्रो खेलमा जुद्धबीर उच्चतर माध्यमिक विद्यालय बिजयी

photocollage_2024842256853

गोरुबथान: प्रतिवर्ष जस्तै यस वर्ष पनि डाइमण्ड क्लब गोरुबथान मालबस्तीको तत्वधानमा प्राइज मनी इन्डीपेनडेन्स कप नकआउट फुटबल टुर्नामेन्ट २०२४ मालबस्ती खेल मैदानमा सुरु भएको छ। डायमन्ड क्लबको तत्वावधानमा स्वतन्त्रता दिवस नगद राशी फुटबल टुर्नामेन्टको तेस्रो दिनको खेल माल बजार एफ सी बनाम जुद्धबीर उच्चतर माध्यमिक विद्यालयमाझ समपन्न भयो।आजको म्याचमा जुद्धबीर उच्चतर माध्यमिक विद्यालय टोलीले एकको विरुद्ध तीन गोल दागेर विजयी बनेको छ। जुद्धबीर उच्चतर माध्यमिक विद्यालय टोलीका जर्सी नम्बर ९ रोहित तामाङलाई म्यान अफ दि म्याच प्रदान गरियो। आजको खेलको म्यान अफ दि म्याचको ट्रफी पदम खालिङले आफ्नो स्वर्गबासी पिताको नाममा दिएका थिए। आजको खेलको प्रमुख अतिथिहरुमा ४३ नम्बर समष्टिका कार्यकारिणी सभासद रतन थापा थिए।यसैगरी गोरुबथान ग्राम पन्चायत एकका प्रधान निमा तामाङ, पुर्व निर्देशक साइ केशव प्रधान, कमल प्रधान, भुतपुर्व काउन्सिलर के एन सुब्बा रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement