सिलगढी: उत्तरबांग साहित्य मञ्चले श्रमिक भवन, सिलगढीमा कवि सम्मेलनको आयोजना गरेको छ। दार्जिलिङ जिल्ला तृणमूल कांग्रेसका अध्यक्ष आलोक चक्रवर्ती र उत्तरबंग साहित्य मञ्चका पदाधिकारीहरूले दीप प्रज्वलन गरेर कवि सम्मेलनको सुरुवात गरेको बताइएको छ। सो अवसरमा नेपाल, बंगलादेशलगायत राज्यका विभिन्न स्थानबाट आएका कवि–लेखकहरुलाई स्वागत गरिएको थियो।










