कोचबिहार: उत्तर बङ्गाल बोस्फोरस र हरिजन कल्याणकारी संस्थाको आयोजनामा फुटबल प्रतियोगिताको आयोजना गरिएको हो। दिनहाटामा आयोजना हुने प्रतियोगितामा ८ वटा फुटबल टिमको सहभागिता रहेको छ। आइतबार दिउँसो करिब १२ बजे आठ टिमको सहभागिता रहेको यस फुटबल प्रतियोगिताको शुभारम्भ भएको हो। दिनहाटा नगरपालिकाका उपाध्यक्ष सविर साह चौधरीले दीप प्रज्वलन गरी शुभारम्भ गरेका थिए। उहाँका अलावा नगर पार्षद पार्थ साह, दिनहटा डिभिजन ब्यवसायी संघका सचिव राणा गोस्वामी लगायतको उपस्थिति रहेको थियो। आठ टोलीको यो फुटबल प्रतियोगिता हेर्न दिनहाटा बोर्डिङ पारा मैदानमा फुटबलप्रेमीहरुको भीड लागेको बताइएको छ।










