सिलगढी: ‘चिया बगानको मुद्दामा राज्य उदासीन छ। चिया बगानको विषयमा विपक्षी दलका विधायकलाई व्यवस्थापिका संसदमा बोल्न रोक लगाइएको छ’, भाजपाका विधायक शंकर घोषले पत्रकार सम्मेलनमा यसो भने। उनले उत्तर बंगालको चिया बगानको विषयमा राज्यका मुख्यमन्त्री मौन रहेको बताए। उनले तीनवटा नयाँ कानून र नीट जस्ता मुद्दा उठाइरहेकी छिन् तर राज्यले भोग्नुपरेको समस्याबारे बोलिरहेकी छैनन् र विपक्षी दलका नेताहरूलाई पनि बोल्न दिइँदैन। उनले उत्तर बंगालका चिया बगानका मजदुरलाई मुख्यमन्त्रीले बेवास्ता गरिरहेको बताए। भाजपा सांसद मनोज टिग्गाले पनि आज सोही विषयमा बोलेका छन्। उनले अहिले राज्यका दुई प्रमुख समस्या चिया बगान कानून र श्रमिक रहेको बताए। तर, राज्य उदासीन छ। यस्तो अवस्थामा चिया बगान एकपछि अर्को बन्द हुँदै गएको छ। मजदुरको हित लुट्ने क्रममा तृणमूलका नेताहरु फस्टाउँदै गएको भारतीय चिया मजदुर केन्द्रीय समितिले आइतबार घोषणा गरेको हो। मल्लागढीस्थित भाजपा पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै जुगलकिशोर झाले नयाँ समिति अध्यक्षमा मनोज तिग्गाको नाम घोषणा गरेका हुन्। उनले आगामी दिनमा मजदुरको हितमा सडकमा आन्दोलन गर्ने बताए।










