कोचबिहार: कोचबिहारमा एक विधवा महिलाले एक युवकलाई विवाहको आश्वासन दिएर यौनसम्बन्ध राखेको आरोप लगाएकी छिन्l तर युवकले अस्वीकार गरेपछि विधवा युवतीले विवाहको माग गर्दै युवकको घरबाहिर धर्नामा बसेकी छन्। यसैबीच युवकले विष सेवन गरेर आत्महत्या गर्ने प्रयास गरेका छन्। यो घटनापछि छिमेकी महिलाले विधवालाई बिजुलीको पोलमा बाँधेर कुटपिट गरेको आरोप छ। अहिले यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। घटनापछि पीडित विधवाले बक्षीशहर पुलिस चौकीमा उजुरी दिएकी छिन्। घटना तुफानगञ्ज २ ब्लकको शालबारी २ ग्राम पञ्चायत क्षेत्रमा भएको हो। श्रीमान्को मृत्युपछि छिमेकी युवकले विवाहको प्रस्ताव राखेर पटकपटक शारीरिक सम्बन्ध राखेको महिलाको आरोप छ। एक वर्षपछि युवकले अहिले बिहे गर्न अस्वीकार गरेका छन्। ‘त्यही भएर म दुई छोराछोरी लिएर उनको घरबाहिर धर्नामा बसेकी थिएँ’, उनले भनिन्। यसैबीच युवकले आफ्नै घरमा विष सेवन गरेका छन्। उनलाई अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ, तर घटनापछि स्थानीयले विधवालाई कुटपिट गरेका छन्। यस बारेमा प्राथमिकता महिलाले दर्ता गराएकी छिन्।










