गोर्खाल्याण्ड राज्य निर्माण मोर्चाद्वारा छुट्टै राज्य निर्माणको मांग गर्दै कालेबुङमा पोष्टरिङ

IMG-20240804-WA0273

आफूहरु अब गोर्खाको भूमि बचाउन मैदानमा उत्रिएका छौं: दावा पाख्रिन

कालेबुङ: गोर्खाल्याण्ड राज्य निर्माण मोर्चाद्वारा छुट्टै राज्य निर्माणको मांग गर्दै कालेबुङमा पोष्टरिङ गरिएको छ। पोस्टरिङ कार्यको नेतृत्व पार्टीका अध्यक्ष दावा पाख्रिनले गरेका थिए भने कालेबुङ बजारको विभिन्न स्थानहरूमा पोष्टर लगाएर एक्सक्लुडेड एण्ड पार्सियली एक्सक्लुडेड क्षेत्रको आधारमा केन्द्र सरकारले झट्टै राज्य निर्माण गर्ने माग गरिएको छ। गोर्खाहरुलाई अल्पसंख्यक बनाउने षड़यन्त्र भइरहेको पनि उनले गम्भीर आरोप लगाएका छन्। यसैबीच आफूहरु अब गोर्खाको भूमि बचाउन मैदानमा उत्रिएको पनि उनले दाबी गरेका छन्। कालेबुङ बजारमा पोस्टरिङ गरेपछि गोर्खाल्याण्ड राज्य निर्माण मोर्चाको अध्यक्ष दावा पाख्रिनले गोर्खाल्याण्ड राज्य निर्माण मोर्चा गोर्खाल्याण्डको लागि जन्मेको हो भन्दै अहिलेघरि बंगाल सरकारले हाम्रो जमीनहरूमा साइन बोर्ड लगाएर जमीन कब्जा गर्ने कार्य गरिरहेको छ तर बोलिदिने कोही छैन भनी बताएका छन्। उनले गोरानिमो अब मैदानमा उत्रेको छ भन्दै अब अन्याय हुन दिन्दैनौं र गाउँ घरतिर जमीनको दलाली गर्नेहरूलाई छोड़दैनौं अनि गणतान्त्रिक ढंगमा यसको विरोध जनाउनेछौं भनी बताएका छन्। दावा पाख्रिनले पत्रकारहरूलाई सम्बोधन गर्दै भने, अहिले गोर्खा जातिलाई सक्ने चारैतिरबाट षड़यन्त्र भइरहेको छ तर केही पनि मैदानमा उत्रिन मानेको छैन कारण बंगालको नून खाएको छ। तर हामी मैदानमा उत्रेका छौं। तर हामी जाति, माटो र गोर्खाको सम्प्रभुसत्ताको लागि लड्न मैदानमा निस्केका छौं।’
उनले एक प्रश्नको उत्तरमा पोष्टरिङ विषयमा बोल्दै भने, आज गोरानिमोले पोष्टरिङ गर्नुको उद्देश्य गोर्खा जाति अब जाग, भारत सरकार अब जाग, भारत सरकारले अब गोर्खा जातिलाई न्याय दिनुपर्छ। हामीलाई छुट्टै राज्य दिनुपर्छ। हामीले न्याय पाउनुपर्छ।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement