सिलगढी: खोरीबारीमा फेरि हात्तीको उपद्रो देखिएको छ। खरीबारीको खानेपानी ट्यांकी नजिकैको दुलालजोत क्षेत्रमा खानाको खोजीमा हात्तीले तीन घर भत्काएको छ। टुकरियाझार जंगलबाट दुईवटा हात्ती निस्केर दुलालजोत क्षेत्रमा प्रवेश गरेका थिए। उनीहरुले पहिले विजय तामाङ नामका व्यक्तिको घरको पर्खाल, त्यसपछि मिथुन सिंह र रणजित सिंहको घरको पर्खाल भत्काए। हात्तीहरू घरभित्र पसेर चामल र पीठो खाए। हात्ती देखेपछि स्थानीयले आवाज उठाए र दुवै हात्ती फेरि जंगलतिर लागे। यद्यपी स्थानीयले भने यस विषयमा वन विभागको क्षतिपूर्ति र गस्ती बढाउन माग गरेका छन्। घटनापछि क्षेत्रका मानिसहरु त्रासमा छन्।









