पेरिस ओलम्पिक २०२४: रिचर्डसनलाई पराजित गरी १०० मीटर दौड़को स्वर्ण पदक जितिन् जूलियन अल्फ्रेडले

IMG-20240804-WA0185

पेरिस: सेण्ट लुसियाकी जूलियन अल्फ्रेडले शनिवार ओलम्पिक महिला १०० मीटर दौड़ स्पर्धामा खिताब जित्ने प्रबल दावेदार शा’केरी रिचर्डसनलाई पराजित गरी आफ्नो देशलाई यी खेलहरूमा पहिलो पदक दिलाइन्। पेरिस ओलम्पिकमा प्रमुख आकर्षणहरूमा एक महिलाहरूकी १०० मीटर दौड़को फाइनलमा खिताब जित्न अघि अल्फ्रेडले कुनै पनि आउटडोर च्याम्पियनशीपमा पोडियम फिनिश गर्न सकेकी थिइनन्। यसपाली चाहिँ सबैलाई चकित पार्दै उनले १०.७२ सेकेण्डमा दौड़ पूरा गरी स्वर्ण पदक जितिन्। अमेरिकाकी स्टार एथलीट रिचर्डसन १०.७८ सेकेण्डको समयसहित दोस्रो स्थानमा रहिन्। उनकै देशकी मेलिसा जेफरसनले १०.९२ सेकेण्डमा दौड़ पूरा गरी काँस्य पदक जितिन्। महिलाहरूकी १०० मीटर स्प्रिण्टमा वर्ल्ड च्याम्पियन रिचर्डसनलाई खिताब जित्ने अनि १९९६-मा गेल डेवर्सपछि स्वर्ण पदक जित्ने पहिलो अमेरिकी महिला बन्ने दावेदार मानिएको थियो। फाइनलमा चाहिँ यस २४ वर्षीय स्टार एथलीटलाई जूलियन अल्फ्रेडले स्तब्ध बनाइन्।अल्फ्रेडले जितेको स्वर्ण पदक ओलम्पिक इतिहासमा सेण्ट लूसियाको पहिलो पदक हो। यस द्वीपले १९९६-देखि मात्र ओलम्पिकमा हिस्सा लिन शुरु गरेको थियो। स्वर्ण पदक जितेपछि जूलियन अल्फ्रेडलाई रोईरहेको देखियो।
यसअघि ओलम्पिकमा महिलाहरूकी १०० मीटर दौड़मा दुईपल्टकी स्वर्ण पदक विजेता जमैकाकी शेली एन फ्रेजर प्राइसले अज्ञात चोटले गर्दा पेरिस ओलम्पिकबाट हट्ने फसेला गरिन्। सेमिफाइनलमा उनको नाम अघि डिड नट् स्टार्ट-को ट्याग लगाइएको थियो। उनले सेमिफाइनलको दौड़ शुरु हुन अघि नै हट्ने फसेला गरिन्। उल्लेखनीय छ, फ्रेजर प्राइसले २००८-को बेजिंग ओलम्पिक र २०१२-को लण्डन ओलम्पिकमा १०० मीटरको दौड़मा स्वर्ण पदक जितेकी थिइन्। यो उनको पाँचौं तथा अन्तिम ओलम्पिक हुने अगावै घोषणा गरेकी थिइन्। उनले आइतवार सोशल मीडियामा जारी पोस्टमा आफ्नो समर्थकहरू प्रति आभार व्यक्त गरेकी छन् तर आफ्नो चोटबारे चाहिँ जानकारी दिएकी छैनन्। उनी हीटमा १०.९२ सेकेण्डको समयसहित दोस्रो स्थानमा रहेकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement