पेरिस ओलम्पिक २०२४:कठोर मेहनत गरेर पदकको रंग बद्लिनेछुः कुसाले

IMG-20240804-WA0136

नयाँ दिल्ली: स्वप्निल कुसालेले गत १२ सालदेखि जुन सपनाको निम्ति मेहनत गरिरहेका थिए त्यो सपना ओलम्पिक पदकको रूपमा बिहीवार साकार भयो। पेरिस ओलम्पिकमा काँस्य पदक जितेपछि शूटर कुसालेलाई रेलवेले प्रोमोशन दिनको साथै महाराष्ट्र सरकारले एक करोड़ रुपियाँको पुरस्कारको पनि घोषणा गऱ्यो। असाधारण उपलब्धि हासिल गरेर पनि स्वप्निल सामान्य छन्। उनले बताएअनुसार, ओलम्पिक पदक जिते पनि उनमा कुनै बद्लाउ आउनेछैन। कुसालेले भने, म हिजो जस्तो थिएँ, आज त्यस्तै छु। यस काँस्य पदकले त मलाई शूटिंगमा अझ मेहनत गर्नको निम्ति प्रेरित गऱ्यो। यसैकारण म अझ कठोर मेहनत गरेर आउँदो ओलम्पिकमा पदकको रंग बद्लिन चाहन्छु। पेरिसमा पोडियममा उभिएर पदक लगाउँदा स्पप्निलको नजर त्यहाँ उपस्थित भारतीयहरू अनि राष्ट्रध्वजमा थियो। उनले भने, यो पदक भारतको हो अनि देशलाई नै समर्पित छ। स्वप्निलको शूटिंगमा यस अभूतपूर्व यात्रामा उनका पिता सुरेश महादेव कुसालेको महत्त्वपूर्ण योगदान रहेको छ, जसले आफ्नो छोराको निम्ति धेरै संघर्ष गरेका थिए। स्वप्निलले भने, मेरो माति-पिताले धेरै संघर्ष गरेका छन् अनि अब उनीहरूका निम्ति केही गर्ने मेरो समय आएको छ। म उनीहरूका समस्त कष्ट समाप्त गर्ने प्रयास गर्नेछु।
स्वप्निलले बताएअनुसार, फाइनल अघि नीलिंग पोजिशनलाई लिएर उनी सामान्य चिन्तित थिए। उनको निशाना सही लागिरहेको थिएन अनि उनी चिन्तित थिए। उनले आफ्नो प्रशिक्षक दीपाली देशपाण्डेसँग यसबारे कुरा गरे अनि अन्तममा उनको नीलिंग प्याडमा समस्या रहेको पत्तो लाग्यो। यात्राको समय उनको नीलिंग प्याड चेप्टिएको थियो। यसैकारण उनले घुँड़ा टेक्दा प्याड सही तरिकाले फिट भइरहेको थिएन। यसरी पोजिशन खराब हुँदा उनको स्कोरिंगमा खराब असर परिरहेको थियो। अन्तमा प्रशिक्षकले प्याडमा टिश्यू पेरर भरेर मात्र पोजिशन सही भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement