भद्रपुर: मोरंङको केराबारीमा शनिबार विहान विधुतको तारबाट करेन्ट करेन्ट लिक हुँदा एकजना गम्भिर घाइते भएका छन्।
खोर्साने केराबारी सडक खण्ड अन्तर्गत केराबारी ८ आमजुंगी नाकादेखि दक्षिणपटि हावाहुरी संगै ढलेको विुधतको लत्रिएको संगै करेन्ट लागेर मिनि टकका सहचालक सख्त घाइते भएका हुन्।
धरानबाट सब्जि बोकेर विहान सवेरै दमक हिडेको को १ ख ४४८७ नम्बरको मिनि टकका सहचालक झापाको दमक निवासी २१ वर्षिय कमल थापा मगर सख्त घाइते भएका हुन् । विहान सवेरै तरकारी बोकेर आएको मिनि ट्क खोर्साने केराबारी सडक खण्डको आमजुंगी जंगलमा आइपुगेको र आधाबाटोमा रुख ढलेर बाटो छेकिएपछि गाडी घुमाएर फर्कने बेला पिशाफ फेर्ने क्रममा एक्कासी करेन्ट प्रवाह भएर उनी ढलेका थिए।
विद्युतको पोल संगै ११ हजार केभिको विधुतको तार भुइमा लत्रिएको र विद्युत प्रवाह भइरहेको थाहा नपाएपछि पिशाव फेर्ने क्रममा एक्कासी करेन्ट लागेको र प्रहरीलाई खबर गरेका थिए। घाइतेलाई उद्धार गर्ने घट्नास्थलमा आइपुगेका प्रहरीले पटक पटक फोन गर्दा समेत विद्युतको लाइन नकाट्दा उद्धारमा कठिनाई भएको र निकै लामो समयपछि उनलाई उद्धार गरी उपचारका लागि घोपा क्याम्प पठाइएको इलाका प्रहरी कार्यालयले जनाएको छ।
घाइते मगरको घोपा क्याम्पमा उपचार हुन नसक्ने वताएपछि थप उपचारका लागि उनलाई शनिवारै काठमाडौं पठाइएको प्रहरीले बताएको छ। यता हावाहुरीले केराबारीको वडा नं.७ को मुगुदेखि ओखलढुंगा लगायतको विभिन्न ठाउँमा ११ ओटा भन्दा वढी विद्युतका पोल लडेको र विुधत सेवा अवरुद्ध बनेको विद्युत फ्युज सेवा केराबारीले जनाएको छ।











