पेरिस ओलम्पिक २०२४: बक्सर निशान्त देव क्वार्टर फाइनलमा पराजित

IMG-20240804-WA0130

पेरिस: भारतीय बक्सर निशान्त देवको पेरिस ओलम्पिक २०२४-मा पदक जित्ने सपना चकनाचूर भयो। निशान्तले पुरुषहरूका ७१ किग्रा वर्गको क्वार्टर फाइनलमा मेक्सिकोका मार्को अलोन्सो वर्डे अल्वारेजविरुद्ध हारको सामना गर्नु पऱ्यो। भारतीय बक्सरले क्वार्टर फाइनलमा जीत हासिल गर्न सकेको भए भारतको निम्ति पेरिस ओलम्पिकमा चौथो पदक पक्का हुने थियो तर अप्रत्याशित हारले निशान्तलाई ठूलो झट्का लाग्यो। बक्सिंगमा निशान्तको साथमा निकहत जरीन, अमित पंघाल, जेस्मिन लेम्बोरिया र प्रीति पवारससहित अन्य भारतीय बक्सर बाहिर भइसकेका छन्। अहिले पदकको दौड़मा एकमात्र लवलीना बोरगोहेन रहेकी छन्, जसले महिलाहरूकी ७५ किग्रा वर्गमा चीनकी लि कियानविरुद्ध खेल्नेछिन्। पहिलो दुईवटा राउण्डमा बढ़त हासिल गरे पनि भारतीय बक्सर निशान्तले मेक्सिकोका बक्सरविरुद्ध हारको सामना गर्नु पऱ्यो। वर्ल्ड च्याम्पियनशीपमा काँस्य पदक विजेता निशान्तले यस बाउटमा असल शुरुवात गरेका थिए तर अन्तमा विभाजित फसेलाममा १-४-ले हारको सामना गर्नु पऱ्यो। वर्डे अल्वारेजविरुद्ध जीत हासिल गर्न सकेको भए निशान्त ओलम्पिकमा पदक जित्ने भारतका चौथो बक्सर बन्ने थिए। यसअघि ओलम्पिकमा विजेन्दर सिंह, एमसी मेरिकोम र लवलीनाले पदक जितेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement