यूएफएससीए-को रोमाञ्चक जीत

photocollage_202484115959649

गोरुबथानः डायमण्ड क्लब, गोरुबथानको तत्त्वावधानमा आयोजित नगद राशि इण्डिपेण्डेन्स कप नक्आउट फूटबल टुर्नामेण्टमा यूएफएससीए, अप्पर फागूले क्वार्टर फाइनलमा स्थान बनायो। मालबस्ती खेल मैदानमा शनिवार भएको म्याचमा यूएफएससीए-ले मीनग्लास टी गार्डनलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमका आशिष राईलाई प्लेयर अव् द म्याच चयन गरियो। म्याचमा हेम कुमार राई मुख्य रेफरी थिए। यसरी सहायक रेफरीको भूमिकामा बिमल प्रधान र अलोप राई रहेका थिए। अशोक रोय फोर्थ अफिसियल थिए। आइतवार खेलिने म्याचमा जुद्धबीर हाई स्कूल र माल बजारको टीमबीच भिड़न्त हुनेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल १२ र १३ अगस्तमा हुनेछ। यसरी फाइनल १६ अगस्तमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो भनी आयोजक डायमण्ड क्लबका सचिव प्रतीथ परियारले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement