आयोजक आरजीएफसी सेमिफाइनलमा

photocollage_202484115649209

दुधे: राई गाउँ फूटबल क्लब (आरजीएफसी)-को तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा आयोजक आरजीएफसी-ले सेमिफाइनलमा स्थान बनायो। दुधे फूटबल मैदानमा शनिवार भएको तेस्रो क्वार्टर फाइनल म्याचमा आरजीएफसी-ले नरबुंग फूटबल क्लबलाई पेनल्टी शूटआउटमा ३-०-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा आरजीएफसी-बाट प्रियांशु राणाले २८औं र अरुण तामाङले ५२औं मिनटमा गोल गरे। यसरी नरबुंग फूटबल क्लबबाट गणेश लिम्बुले ३६औं र मार्टिनले ४६औं मिनटमा गोल गरे। म्याचमा रेफरीको भूमिका मनदीप रिजालले निर्वाह गरेका थिए। यसरी सहायक रेफरीको भूमिकामा प्रवीण प्रधान र युगल खवास थिए जबकि कुणाल छेत्री फोर्थ अफिसियल रहेका थिए। अब आइतवार खेलिने चौथो तथा अन्तिम क्वार्टर फाइनल म्याचमा बोइज अव् प्रधान र शान्ति बस्तीबीच भिड़न्त हुनेछ। म्याच दिउँसो ३ बजीदेखि शुरु हुनेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल म्याच १० र ११ अगस्तमा हुनेछ। यसरी फाइनल १५ अगस्तमा खेलिनेछ भनी आयोजक समितिको पक्षमा विशाल सुब्बाले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement