सात्विक-चिरागको हारपछि प्रशिक्षक बो-ले लिए सन्न्यास

IMG-20240803-WA0303

नयाँ दिल्ली: ब्याडमिण्टनमा सात्विकसाईराज रंकीरेड्डी र चिराग शेट्टीको पुरुष युगल जोड़ीको पेरिस ओलम्पिकमा अभियान कार्टर फाइनलमा समाप्त भएको थियो। यस स्टार जोड़ीको हारले उनीहरूका प्रशिक्षक माथियास बो धेरै निराश छन्। यसैकारण सात्विक-चिरागको जोड़ी ओलम्पिकबाट बाहिर हुनको साथै माथियासले प्रशिक्षणबाट सन्न्यास लिने घोषणा गरेका छन्। भारतीय जोड़ी पुरुष युगलको कार्टर फाइनलमा आरोन चिया र सोह वूई यिकको मलेशियाई जोड़ीविरुद्ध २१-१३, १४-२१, १६-२१-ले पराजित भएको थियो। लण्डन ओलम्पिकमा रजत पदक जित्ने बो टोक्यो ओलम्पिक अघि सात्विक-चिरागको प्रशिक्षक बनेका थिए। डेनमार्कका ४४ वर्षीय पूर्व खेलाड़ी बो-ले आफ्नो इन्स्टाग्राम एकाउण्टमा लेखेका छन्, मेरो निम्ति प्रशिक्षणको दिन यहीं समाप्त हुन्छ। म भारत मात्र नभएर अन्य कही पनि यस कामलाई जारी राख्ने छुइनँ। मैले ब्याडमिण्टन हलमा धेरै समय बिताएको छु अनि प्रशिक्षक बन्नु धेरै तनाउपूर्ण रह्यो। अहिले म एकजना थकित र अधिक उमेरको मानिस हूँ। उनले भारतीय जोड़ीलाई सान्त्वना दिँदै भने, म स्वयं पनि यस भावनासँग अवगत छु। हरेक दिन कठोर मेहनत गर्नु, आफ्नो जीवनको सर्वश्रेष्ठ लयमा रहनु अनि त्यसपछि तपाईंले सोचेको जस्तो परिणाम नआउनु। मलाई तपाईंहरू निराश भएको थाहा छ। खेलमा यस्तो हुने गर्छ तर हारबाट शिक्षा लिएर अघि बढ्नु नै महानता हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement