पेरिस: भारतकी स्टार शूटर मनु भाकर पेरिस ओलम्पिकमा तेस्रो पदक जित्न असफल भइन्। शनिवार उनी महिलाहरूकी २५ मीटर पिस्टल स्पर्धामा चौथो स्थानमा रहिन्। यस स्पर्धामा जम्मा १० सीरीजको शट्स लगाउनु थियो अनि एउटा सीरीजमा जम्मा ५ शट्स थियो। तीन सीरीज पछि एलिमिनेशन चरण शुरु भएको थियो। मनु ८ सीरीजपछि २८-को स्कोरसहित चौथो स्थानमा रहेकी थिइन्। आठौं सीरीजमा उनी र चौथो स्थानमा रहने भेरोनिको मेजरबीच प्रतिस्पर्धा थियो। यस सीरीजमा मनुले तीनवटा शट् चुकिन् जबकि भेरोनिकाले दुईवटा शट् मिस गरिन् अनि तीनवटा निशानामा लगाइन्। आठौं सीरीजपछि मनु २८ पोइण्ट्सको साथ हंगेरीकी भेरोनिकासँग संयुक्त रूपले तेस्रो स्थानमा थिइन्। त्यसपछि शूटअफ्-मा मनुले पाँचमा तीनवटा मात्र सटीक निशाना लगाउन सकिन् जबकि भेरोनिकाले चारवटा सटीक निशाना लगाइन्। यसरी मनु पदक जित्नदेखि चुकिन् जबकि भेरोनिकाले काँस्य पदक जितिन्। यस स्पर्धामा दक्षिण कोरियाकी जिन यांगले स्वर्ण र फ्रान्सकी केमिलीले रजत पदक जितिन्। शूटर मनु भाकरले यसअघि महिलाहरूकी १० मीटर एयर पिस्टल र मिश्रित टीम १० मीटर एयर पिस्टलमा सरबजोत सिंहसँग मिलेर दुईवटा काँस्य पदक जितेर इतिहास रचेकी थिइन्।










