स्वच्छ शहर अभियान अन्तर्गत स्वय सेवीहरूलाई लिएर कार्यक्रम आयोजितस्वच्छता सम्वन्धि मानिसहरूलाई जागरूक गराउनु पर्ने मन्त्री भोजराज राईको सुझाउ

IMG-20240803-WA0298

गान्तोक: शहरी विकास विभागको तत्वावधानमा आज गान्तोकस्थित मनन केन्द्रमा स्वच्छ शहर अभियान कार्यक्रम अन्तर्गत शहरी क्षेत्रमा रहेका स्वय सेवी समुहहरुलाई लिएर एउटा कार्यक्रम आयोजना गरियो। यस कार्यक्रममा शहरी विकास विभागीय मन्त्री भोजराज राई प्रमुख अतिथिको रुपमा उपस्थित रहेका थिए भने विभागका सल्लाहकार एवं विधायक दिले नामग्याल बर्फुङपा विशिष्ट अतिथिकोरुपमा उपस्थित रहेका थिए। गत ३ मार्चको दिन राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले देशका प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा शुरु भएको स्वच्छ भारत अभियानलाई राज्यमा पनि अनुकरण गर्दै स्वच्छ ग्रामीण साथै स्वच्छ शहर अभियानको थालनी गर्ने घोषणा गरेका थिए जसलाई कार्यरुपमा परिणत गर्न आज यो कार्यक्रमको आयोजना गरिएको कुरा शहरी विकास विभागका सचिव एमटी शेर्पाले आफ्नो सम्बोधनमा बताए। शहरलाई स्वच्छ बनाउन उद्देश्य लिएर सरकार तथा विभागले धेरै पहलहरु शुरु गरिरहेको भएतापनि यसमा जनभागीदारी पनि हुनु पर्ने आवश्यक्ता अनुभव भएकोले आज शहरका एस एच जी झुण्डहरुलाई निमत्याएर उनीहरुलाई स्वच्छ शहर अभियानमा समावेश गर्दै तालिम प्रदान गर्ने साथै चेक वितरण गर्ने कार्यक्रम आयोजना गरेको उनले जानकारी गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement