गान्तोक: नशामुक्त भारत अभियान अन्तर्गत आज नाम्ची जिल्लाको जिल्ला प्रशासनिक केन्द्र र सामाजिक न्याय विभागको संयुक्त पहलमा फ्रिडम रन आयोजना गरियो यस प्रतियोगितालाई विभिन्न श्रेणीमा विभाजन गरिएको थियो, जसमा विद्यालयवर्गको निम्ति ६ किलोमिटर र खुल्ला प्रतियोगिताका धावकहरूको निम्ति १० किलोमिटरको दुरी रहेको थियो। प्राप्त जानकारी अनुसार १० किलोमिटर दुरीको दौड किसान बजारदेखि हेलिपेडदेखि घुमेर पून किसान बजार पुग्नु पर्ने रहेको थियो। यसरी नै विद्यालयका विद्यार्थीहरूको निम्ति ६ किलोमिटरकोदौड किसान बजारदेखि चारधाम अनि फर्केर पून शुरूवातको स्थलमा पुग्नु पर्ने तय गरिएको थियो। उक्त कार्यक्रममा नाम्ची नगर निगमका अध्यक्ष गणेश राई, उपाध्यक्ष सावित्री तामाङ लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। यस प्रतियोगितामा स्टार रनरको रूपमा प्रिमुस भोटिया र फूर्वा तामाङले भेटरेन्स प्रतियोगितामा सहभागिता जनाएका थिए। विशेष गरेर नाम्चीलाई ड्रग्समुक्त बनाउने उद्देश्य यस प्रकारकोकार्यक्रम आयोजना गरिएको हो। मुख्यमन्त्री प्रेम सिंह तामाङले सिक्किमलाई नशामुक्त राज्य बनाउने उद्देश्यले काम गरिरहेको हुनाले यसबारेमा विभागले पनि सक्रियरूपमा भूमिका निर्वाह गर्दै आइरहेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लापाल हिस्से डी. योङदाले यस प्रकारको कार्यक्रममा सहभागी बन्ने सबै धावकहरूलाई धन्यवाद दिँदै कृतज्ञता प्रकट गरेकी छन्। जिल्लापालले खेलकुद र स्वास्थ गतिविधिलाई दैनिक जीवनमा समावेश गर्ने महत्त्वमा जोड दिँदै लागुऔषध दुव्र्यसनबाट विशेष गरी युवा पुस्तामा पर्ने नकारात्मक असरलाई प्रकाश पारिन्। उनले मानिसहरूलाई आवश्यक परेकाहरूलाई सहयोग गर्न र कलंकित लतलाई सामाजिक वर्जितको रूपमा त्याग्न प्रोत्साहित गरिन। उनले यस दौडले लागुऔषधमा निर्भरता र लतबाट मुक्त भएकाहरूलाई सचेतना फैलाउन र प्रोत्साहन गर्ने महत्वपूर्ण उदाहरणको रूपमा काम गरेको बताइन्।

आजको यसप्रतियोगिता अन्तर्गत १८ वर्ष भन्दा मुनिका किशोरीहरूको ६ किलोमिटरको दौडमा पहिलो स्थानमा रिया तामाङ, दोस्रो उर्मिला राई र तेस्रो असिमा गुरूङ भएकी छन्।








