मंगन: मंगन जिल्लाअन्तर्गत टुङ, नागा अनि रेल वार्डका पैह्रो प्रभावित जनताको समस्या समीक्षा गर्न र प्रभावित क्षेत्रको सर्वेक्षण गर्न त्यहाँ पुगेका अधिकारीहरुको एक टोलीले आज स्थानीय जनतासित सोझो अन्तरक्रिया गऱ्यो। चुङछाङ महकुमा अधिकारी अरुण छेत्रीको नेतृत्वमा प्रभावित ७त्रमा पुगेका टोलीले पुनःस्थापनाका लागि निरीक्षण तथा सर्वेक्षण गरेको बताइएको छ। टोलीमा मंगन ग्राम विकास अधिकारी कैलाश थापा, राजस्व अधिकारी केसाङ रिन्जिङ लेप्चा, भूवैज्ञानिकहरु, खानी तथा भूगर्भ विभागका अधिकारीहरु, समाज कल्याण विभागका अधिकारीहरु, टुङ र नागाका जिला पञ्चायत, टुङ वार्ड पञ्चायत, र सम्बन्धित विभागका अधिकारीहरु सामेल थिए। गत वर्ष ४ अक्टोबरको राति आएको भीषण बाढ़को कारण उक्त ७त्र सबैभन्दा धेरै प्रभावित भएको छ। साथै हालै आएको भारी वर्षाले प्रभावित क्षेत्रलाई अझ धेर जोखिममा पारेको छ। जसको फलस्वरूप प्रभावितहरुलाई पुनर्वास गर्न राज्य सरकारले निकै गम्भीरता देखाएको छ। सर्वेक्षणको क्रममा टोलीले गत वर्ष आएको बाढी र अविरल वर्षाका कारण गएको पैह्रोबाट प्रभावितहरुका लागि पुनर्वास गराउन स्थानीय कतिपय ठाउँहरु चिन्हित गरिएको छ। यसबीच राज्य सरकारको खानी तथा भूगर्भ विभागले छिट्टै चिन्हित ठाउँको सुरक्षा पहिचान गरेर स्थायित्व प्रतिवेदन राज्य सरकारलाई बुझाउने तय गरिएको छ। आजको सर्वेक्षणमा स्थानीय जनताले प्रभावित जमीन र घरको स्थितिबारे गुनासो पनि राखेका थिए।