एनसीबी गुवाहाटीद्वारा ९३४ गाँजा बरामद, एक जना पक्राउ

Aressted

गुवाहाटी: नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) गुवाहाटी अञ्चल इकाईले अन्तरराज्यीय लागुऔषध ओसारपसार गर्ने र्‍याकेटमा कारबाही गर्दै ९३४.५१० केजी गाँजा बरामद गरी एक जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिको पहिचान उत्तर प्रदेशको खेरी निवासी सुरजित सिंह रहेको छ। अञ्चल निर्देशक, एनसीबी, गुवाहाटीका अनुसार विशेष गुप्तचर र केही दिनदेखि निरन्तर निगरानीका आधारमा नार्कोटिक्स कन्ट्रोल ब्यूरो, गुवाहाटी अञ्चल इकाईले सेनापति (मणिपुर) देखि कोलकाता (पश्चिम बंगाल) सम्म गाँजा तस्करीमा संलग्न एक अन्तरराज्यीय गिरोहलाई पर्दाफास गरेको छ। सिन्डिकेट/सञ्जाललाई सफलतापूर्वक पहिचान गरी कारबाही गरियो। ‘सो अनुसार एनसीबी, गुवाहाटी अञ्चल इकाईले २ अगस्तको साँझ असमको कामरुप जिल्लाको मंगलदोई रोडमा रहेको बरपलाहाको रोडसाइड ढाबा एण्ड रेस्टुरेन्ट नजिकबाट एक व्यक्तिलाई ट्रकमा कोलकाता तर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरेको थियो। एनसीबी गुवाहाटीको टोलीले उनको साथबाट ९३४.५१० केजी गाँजा बरामद गरेको छ,’ एनसीबीका अञ्चल निर्देशक गुवाहाटीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ। समाचारअनुसार बरामद गाँजालाई प्लाष्टिकको प्याकेटमा प्याक गरी ट्रकमा विशेष गरी बनाइएको क्याभिटीमा लुकाइएको एनसीबी गुवाहाटीका अञ्चल निर्देशकले बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *