डायमण्ड क्लबको आयोजनामा समपन्न नकआउट फुटबल टुर्नामेन्टको फाइनल खेलमा जलपाईगुडी पुलिस दल विजयी

IMG_20220817_113929.jpg

गोरुबथान(महेश्वर प्रधान); स्वतन्त्रता दिवस नकआउट फुटबल टुर्नामेन्टको फाइनल खेल माल बस्ती फुटबल मैदानमा समपन्न भयो। जलपाईगुडी पुलिस दल बनाम गोरुबथान युनाइटेड क्लबमाझ खेलिएको रोमान्चक खेलमा खेल अवधिभरि कुनै गोल हुन नसकेपछि ट्राइब्रेकरमा जलपाईगुडी पुलिस दल विजयी बनेका छन्।यस फाइनल खेलमा म्यान अफ दि मैच जलपाइगुडी पुलिस दलका १४ नम्बर खेलाडीलाई अतिथि पुष्प रिजालको बाहुलीबाट प्रदान गरियो।यसैगरी सबैभन्दा बेसी गोल दाग्न सफल खेलाडी जलपाइगुडी पुलिस दलका १३ नम्बर खेलाडीलाई अतिथि जीवन प्रधानको बाहुलीबाट प्रदान गरियो।

उत्कृष्ट गोलरक्षक गोरुबथान युनाइटेड क्लबका खेलाडी अर्जुन तामाङलाई प्रदान गरियो।विजेता दललाइ ५००००/- पचास हजार र ट्रफी प्रदान गरियो। यसै गरि उप विजेता दललाई रू ३००००/- ट्रफी प्रदान गरियो।यस खेलको निम्ति परोक्ष अपरोक्ष रुपमा सहयोग पुर्याईदिने सम्पुर्ण महानुभावलाई डायमन्ड क्लबको तर्फबाट धन्यवाद टक्राएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement