मङ्पू: आज मङ्पू सरस्वती विधालय भवनमा ए के गुरुङको अध्यक्षतामा सर्वनाम समुहको आयोजनामा “कविता मसुन” समारोह सप्पन्न भयो। समारोहका प्रमुख अतिथि डा. हर्कबहादुर छेत्री उपस्थिति थिए। संस्थाका सदस्य प्रमीला मुखियाद्वारा संचालित कार्यक्रममा स्वागत सम्भाषाण पुष्कर सिङगर राखे। यस कार्यक्रममा मङ्पूकी गायिका गरिमा गुरुङले आफ्नो सुन्दर गीत प्रस्तुत गरिन्।

आजको विशेष कार्यक्रम “कविता मनसुन”मा सुभद्र बम्जन, सन्ध्या आचार्य रन्जीत देवन, बिराम चामलिङ, शरण गुरुङ अनि मुनाल घिसिङले कविता वाचन गरेर सबैलाई मन्त्र मुग्ध पारे। प्रतीक्षा तामाङले सुन्दर गीत प्रस्तुत गरिन्l कार्यक्रममा सर्वनाम समुहको पक्षबाट ६ जना कविहरुलाई उपाहार दिएर सम्मान जनाइयो।

लाटपन्चर कुलैनबारी स्रष्टा साहित्यकार डीकु मुखियालाई सर्वनाम समुहको पक्षबाट समुहको पक्षबाट स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइयो। यसरी मङ्पूका साहित्यकार उदय थुलुङले डीकु मुखियाको कृति “निर्विकल्प” कथा संग्रह माथी निरुपण समीक्षा गरे।

सर्वनाम समुहको सदस्य एवं कवि सुरेन्द्र थीङलाई यस वर्ष भाईचन्द्र प्रधान स्मृति पुरस्कारले सम्मानित गरिएकोमा, सदस्य केशर मोक्तानलाई अन्तर्राष्ट्रिय श्रमशक्ति पुरुस्कार प्रदान गरिएकोमा अनि कवि सन्दीप दियालीलाई नमस्ते खरसाङद्वारा आयोजित नमस्ते कविश्री सीजन वानकाका बिजेता भएकोमा यी तीनै स्रष्टालाई आजका प्रमुख अतिथि डा. हर्कबहादुर छेत्रीको बाहुलीबाट अंगवस्त्र, नेपाली ढाका टोपी अनि स्मृति चिन्ह प्रदान गरेर सर्वनाम समुहले सम्मान जनाए। यसरी लाब्दा निम्न् उच्च माध्यमिक विधालयका विद्यार्थीहरुले सुशिका थापाको निर्देशनमा सुन्दर नृत्य प्रस्तुत गरे।
								



								

															
                    



