पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा चलाउन उडान गर्न कार्यदल गठन

IMG-20240803-WA0243-1

झापा (नेपाल): प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ उडान गराउन सरकार लागिपरेको बताएका छन्। उनले शुक्रबार यस सम्बन्धी कार्यदल गठन गरेर यसै साता बस्ने मन्त्री परिषदको बैठकमा एयरपोर्ट सञ्चालन सम्बन्धी योजना पेश गर्ने जिम्मेवारी तोकेको जानकारी दिएको हो। उनले थाइ एयर एसियाले शुक्रबारदेखि साताको चार दिन भैरहवा–थाइल्यान्ड उडान अनुमति पाएको उल्लेख गरे। प्रधानमन्त्री ओलीले विमानस्थल सञ्चालन सम्बन्धी सुझाव दिन विज्ञहरुलाई समेत अनुरोध गरे। ‘थाइ एयर एसियाले हिजोदेखि साताको चार दिन भैरहवा – थाइल्यान्ड उडान अनुमति पाएको छ। पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ अन्तर्राष्ट्रिय उडानको प्रयोगमा ल्याउन हामी लागिरहेका छौं,’ ओलीले फेसबुकमा लेखेका छन’, हिजो हामीले यस सम्बन्धी कार्यदल गठन गरेर यसै साता बस्ने मन्त्री परिषदको बैठकमा एयरपोर्ट सञ्चालन सम्बन्धी योजना पेश गर्ने जिम्मेवारी तोकेका छौं। यी दुई विमानस्थल सञ्चालनमा ल्याउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप पनि घट्ने छ। विमानस्थल सञ्चालन सम्बन्धी सुझाव दिन विज्ञहरुलाई समेत अनुरोध गर्छु।’

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषबको कार्यालयमा सम्बन्धित मन्त्री, सचिव र उच्चाधिकारीसँग छलफलपछि प्रधानमन्त्री ओलीले नयाँ विमानस्थल पूर्ण सञ्चालनका लागि विद्यमान समस्या,समाधानका उपाय ल्याउन निर्देशन दिएका थिए। स्रोतका अनुसार आगामी मन्त्री परिषदको  बैठकमा पेश गर्ने गरी प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव राजकुमार श्रेष्ठको संयोजकत्वमा सम्बन्धित सबै मन्त्रालयका सहसचिवहरु रहने कार्यदललाई विमानस्थल सञ्चालनको योजना ल्याउन जिम्मेवारी दिइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement