बाघजातिन एथलेटिक क्लबको म्याराथनका लागि जर्सी, पदक र वेबसाइट अनावरण

IMG-20240803-WA0240

सिलगढी (पश्चिम बंगाल): बाघजातिन एथलेटिक क्लबको ४०औँ म्याराथन दौडका लागि जर्सी, पदक र वेबसाइटको औपचारिक रुपमा क्लब हाउसमा अनावरण गरिएको हो। कोलकाता म्याराथनका प्रमुख सल्लाहकार बाघजातिन क्लबका अध्यक्ष उत्पल ब्यानर्जी, सचिव प्रसुन दासगुप्ता, शिवनाथ गांगुली, क्लबका उपाध्यक्ष पीरा सिंहलगायत क्लबका सदस्यहरुको उपस्थितिमा बाघजातिन क्लब डी’ले पत्रकार सम्मेलन गरी म्याराथन आयोजना गर्ने घोषणा गरेको हो। क्लब कोठामा प्रशान्त साहले विस्तृत जानकारी दिए। म्याराथनका लागि अनलाइन माध्यमबाट दौडमा नाम दर्ता गर्न सकिने उनले पत्रकार सम्मेलनमा जानकारी दिए। यो म्याराथन आगामी महलयाको दिन हुनेछ। क्लबका अध्यक्ष उप्पल बनर्जीले आगामी दिनमा ठूला स्तरमा म्याराथन सञ्चालन गर्न चाहेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement