खरसाङ: तीनधारे, घैयाबारी, महानदी लगायत संलग्न क्षेत्रहरू तीन दिनदेखि बिजुली बत्तीबिना नै रहनु परिरहेको छ। गत १ अगस्तको दिन बेलुकीको समय गएको बिजुली बत्ती ३ अगस्तको दिन पनि आएको थिएन। १ अगस्तको बेलुकी गएको बिजुली बत्ती तीन दिनपछि पनि नआएपछि मानिसहरू धेरै समस्यामा देखिएको छ। १ अगस्तमा गएको बिजुली बत्ती २ अगस्तको दिन दिउँसो नै खरसाङ बजार क्षेत्रमा आए पनि गिध्द पहाड़देखि महानदी, घैयाबारी, तीनधारे लगायत सिविटार, तीनधारे चियाबारी, जोगमाया, सिलिमहिल, नरबुङ, गिताङ्गे, मालुटार, सिमरिङ लगायतका स्थानहरूमा पनि बिजुली बत्तीको आपूर्ति भएको छैन। खरसाङ बजार क्षेत्रमा १ दिनपछि नै बिजुली बत्ती आपूर्ति भए पनि अन्य स्थानहरूमा भने बिजुलीबिना नै बाध्यतामा बस्नु परेको अवस्था रहेको छ। बिजुली बत्तीको अभावमा मोबाइल फोनको चार्च नभएर मानिसहरू धेरै समस्यामा परेको देखिएको छ। यसको साथै आपतकालीन सेवाहरू र विद्यार्थीहरूलाई धेरै समस्या रहेको देखिएको छ। यस क्षेत्रका मानिसहरू बिजुली बत्तीको अभावमा अँध्यारोमा नै बस्नु परेको छ। बजार क्षेत्रमा एक दिनमा बिजुली बत्तीको सर्वराह हुँदा कमान बस्तीमा तीन दिनमा पनि बिजुली बत्तीको सर्वराह नहुँदा मानिसहरूले आक्रोस पोखिरहेको देखिएको छ। बिजुली बत्ती विषयमा क्षेत्रका मानिसहरूले कुनै जानकारी पनि पाएका छैनन्।

बिजुली बत्तीको सर्वराहको लागि सम्बन्धित विभागले लगातार रूपमा कार्य गरिरहेको भए पनि यस क्षेत्रमा सर्वराह नहुनुको कारणहरू पत्तो लागेको छैन। बिजुली बत्तीको सर्वराह नहुनुको कारण विषयमा खरसाङ बिजुली बत्तीको स्टेशनमा सम्पर्क गर्दा फोन रिसिफ नभएकोले सठीक जानकारी राख्न पनि सकिएन। सम्पर्क नभएको कारणले बिजुली बत्तीको सर्वराह नहुनुको कारण जान्न सकिएन। तर पनि गिध्द पहाड़, महानदी, घैयाबारी, तीनधारे लगायत संलग्न क्षेत्रहरूमा बिजुली बत्ती तीनपछि भए पनि ३ अगस्त शनिवार रातीसम्म आउने आशा क्षेत्रवासीले गरिरहेका छन्।









