अवैध देशी रक्सीसहित एक जना पक्राउ

IMG-20240803-WA0235-copy

सिलगढी: लामो समयदेखि पुलिसको नजरमा देशी रक्सीको कारोबार भइरहेको थियो। अन्ततः पुलिसरीले छापा मारेर रक्सी बनाउनेलाई नियन्त्रणमा लिएको छ। डबग्राम न० २ को बारीभाषा वंशाबादी क्षेत्रमा सत्य दास नामका व्यक्तिले अवैध रुपमा रक्सीको कारोबार गर्दै आएका थिए। फलस्वरूप त्यो क्षेत्रमा दिनरात बाहिरीहरू आउने–जाने गरिरहे। जसका कारण स्थानीय बासिन्दालाई निकै समस्या भएको छ। एनजेपी पुलिस चौकीमा यस्ता गुनासो आएपछि पुलिसले गत शुक्रबार राति बाँसबारी क्षेत्रमा छापा मारेको थियो। देशी रक्सीसहित यी व्यक्ति पक्राउ आरोपीलाई शनिबार जलपाईगुडी अदालतमा पेश गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement