रोड मरमत्ति र पानी झरी साथै पैह्रोले गर्दा भारी वाहनहरू र पेसेञ्जर गाड़ीहरू राष्ट्रिय राजमार्ग १० मा अझैं रोक

कालेबुङ: राष्ट्रिय राजमार्ग १० विषयमा आज कालेबुङ जिल्लाको जिल्लापाल बालासुब्रमन्यम टीले पत्रकार सम्मेलन बोलाएर जानकारी गराएका छन्। उनले पत्रकारहरूलाई सम्बोधन गर्दै राष्ट्रिय राजमार्ग १० को विभिन्न स्थानहरूमा पैह्रो गएको र कतिवटा स्थानहरूमा मरमत्तिको कार्य भईरहेको कारणले अहिले पनि भारी वाहनहरूलाई प्रतिबन्ध लगाइएको बताएका छन्। राष्ट्रिय राजमार्ग १० को धेरै भागहरूमा अहिले पनि धेरै समस्या भईरहेको बताउँदै कतिवटा स्थानहरूमा पैह्रो गएको कारणले पैह्रो सोहोर्ने कार्य भईरहेको साथै जेसीबी र म्यान पावर लगाएर पनि कार्य भईरहेको जानकारी गराएका छन्। जिल्लापाल सुब्रमन्यम टीले राष्ट्रीय राजमार्ग १० को कतिवटा पैह्रोगस्त क्षेत्रहरूमा पानी झरी र पैह्रोले गर्दा रोड काट्ने कार्यमा पनि वाधा भईरहेको बताउँदै रोड फराकिलो पार्ने कार्यमा पनि बाधा भईरहेको र यो कार्य पनि सम्भव नभएको बताएका छन्। उनले अहिलेलाई राष्ट्रिय राजमार्ग १० बाट आपकलाकीन सेवाको लागि प्राईवेट गाड़ीहरू र भीआईपी गाड़ीहरूलाई मात्र जान दिइएको बताएका छन्। उनले रोड मरमत्तिको लागि पनि पानीले वाधा गररिहेको छ अनि पानी पर्ने भनेर अझैं एक हप्ताको लागि अलर्ट रहेकोले काम गर्न सम्भव नभएकोले राष्ट्रिय राजमार्ग १० पूर्ण रूपमा खोलिन अझैं समय लाग्न सक्ने पनि बताएका छन्।

उनले राष्ट्रिय राजमार्ग १० मा पूरा समस्या रहेको बताउँदै अहिले पैह्रोले फेरि समस्या सिर्जना गरेको छ। त्यसैले राष्ट्रिय राजमार्ग १० बाट भारी वाहनहरू र पेसेञ्जर गाड़ीहरू कुदाउन अझैं अनुमति दिइएको छैन भनी बताएका छन्। पानी झरी र पैह्रोको कारण साथै रोड मरमत्तिको कार्य लगातार रूपमा चलिरहेको कारणले गर्दा भारी वाहनहरू साथै पेसेञ्जर गाड़ीहरू कुदाउन सम्भव नभएको पनि बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement