उत्तर बंगालमा भारी वर्षा हुने मौसम विभागको पूर्वानुमान

IMG-20240803-WA0200

जलपाईगढी: पहाडी क्षेत्रमा पहिल्यै वर्षा भइरहेको छ, तर अब मौसम विभागले उत्तर बंगालका विभिन्न भागमा भारी वर्षाको चेतावनी दिएको छ। सिक्किम र केन्द्रीय मौसम विभागका निर्देशक गोपीनाथ राहाले अगस्ट ६ सम्म उत्तर बंगालको पहाडी र समतल क्षेत्रमा भारी वर्षा हुनसक्ने बताएका छन्। विशेष गरी सिक्किम र कालिम्पोङका लागि थप चेतावनी जारी गरिएको छ। हावाहुरीसँगै पानी पर्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ। पहाडमा पहिरोको सम्भावना छ। एउटै पहाडमा परेको वर्षाका कारण टिस्टा लगायत ती नदीको पानीको सतह बढेको कारण मौसम विभागले अलिपुरद्वारमा रेड अलर्ट र जलपाईगढी, कोचबिहार, दार्जीलिङमा यल्लो अलर्ट जारी गरेको छ। विगत केही दिनदेखि लगातार अत्यधिक गर्मी भएपनि फेरि मौसम बदली भएको छ। शनिबार बिहानैदेखि जलपाईगढीसहित उत्तर बंगालका विभिन्न भागमा पानी परिरहेको छ। पछिल्लो २४ घण्टामा जलपाईगढीमा ०९.६० मिमी, सिलगढीमा ५.४० मिमी, अलिपुरद्वारमा १२.४० मिमी र हसिमारामा ४७.६० मिमी मात्रै वर्षा भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement