खरसाङको वार्ड नम्बर ५ मा ठूलो रुख ढलेर सड़क वाधित

IMG-20240803-WA0247

नगरपालिकाद्वारा रूख काटेर हटाउने कार्य सम्पन्न

खरसाङ: खरसाङ नगरपालिका अन्तर्गत टुरिस्ट लजदेखि केही माथिपट्टि वार्ड नम्बर ५ मा रहेको सड़कमा पानी झरी र हावा हुरीले पुरानो ठूलो वरको रूख ढलेर हिमाली स्कूल साथै डुमाराम बस्ती जाने बाटो बन्द भएको छ। उक्त ठूलो पुरानो रूख ढलेर सड़क अवरोध गरेपछि खरसाङ नगरपालिका, खरसाङ महकुमा कार्यालयको कर्मचारीहरू, वन विभागको कर्मचारीहरू आएर रूख काटेर हटाउने कार्य सम्पन्न गरिएको छ।वर्तमान समयमा हावासहितको पानी परेकोले वार्ड नम्बर ५ मा रहेको स्थानीय सांगे भोटिया र आसिफ तामाङको घरको बीचको ठूलो वरको रूख जरासितै ढलेर सड़कमा आएपछि रोड नै ब्लक भएको र स्थानीयहरूलाई हिँड़्नु पनि धेरै असुविधा भईरहेको बताइएको छ। उक्त रूख आज बिहान ३:३० बजीतिर ढलेको स्थानीयहरूले बताएका छन्। यस विषयमा स्थानीयहरू रमेश रसाईलीले पत्रकारहरूसित कुराकानी गर्दै लगातार परिरहेको पानीको कारणले गर्दा पुरानो, ठूलो सुकेको रूख जरासितै उखलेर सड़कमा आएपछि गाड़ीहरू कुद्न नसक्ने अवस्थामा रहेको साथै मानिसहरू हिँड्न पनि नसक्ने अवस्थामा रहेको थियो भनी जानकारी गराएका छन्। उनले यसको साथै नजिकमा रहेको हिमाली स्कूलको गाड़ीहरू पनि कुद्न नसकेको कारणले र मानिसहरू पनि ओहोरदोहोर गर्न नसकेको बताउँदै यस घटनास्थलमा महकुमा शासक कार्यालयका कर्मचारीहरू, वन विभाग र खरसाङ नगरपालिकाको कर्मचारीहरू साथै स्थानीयहरूको सहयोगमा रूख काटेर हटाउने कार्य गरिएको बताएका छन्।

यो ठूलो रूख ढलेर मानिसहरू आवत जावत नै बन्द भएको अवस्थालाई मध्यनजर राखेर खरसाङ नगरपालिकाको तत्परतामा खरसाङ महकुमा अधिकारी अधीनस्थ सिविल डिफेन्स, वन-विभागका कर्मचारीहरू साथै वार्ड नम्बर ५ का जीवम ज्योति क्लबका युवाहरूको सहयोगमा उक्त ढलेको रूख काट्न एवं हटाउनमा ठूलो योगदान पुर्‍याएको जसको देखरेख खरसाङ नगरपालिका उपाध्यक्ष सुवास प्रधान एवं एसएई विशाल सुनुवारले गरेका थिए भने खरसाङ नगरपालिका उपाध्यक्ष सुवास प्रधानद्वारा जीवन ज्योति स्पोर्टिङ क्लब वार्ड नम्बर ५ का युवाहरूलाई धेरै धेरै धन्यवाद दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement