पेरिस: भारतीय ब्याडमिण्टन स्टार पीभी सिन्धूले पेरिस ओलम्पिकको प्री-क्वार्टर फाइनलमा निराशाजनक हारपछि खेलबाट संक्षिप्त ब्रेक लिने फसेला गरेकी छन् कारण उनी आफ्नो करियरको सबैभन्दा ठूलो हारहरूमा एउटाको झट्कापछि मुक्त हुने प्रक्रियामा रहेकी छन् अनि उनले आउँदो दिनहरूमा आफ्नो यात्राको सावधानीपूर्वक मूल्यांकनपछि खेल जारी राख्ने वाचा गरिन्। रियो ओलम्पिक २०१६-मा रजत र टोक्यो ओलम्पिक २०२०-मा काँस्य पदक जित्ने सिन्धू चीनकी विश्वकी नवौं नम्बरकी खेलाड़ी ही बिंग जियाओविरुद्ध सीधा गेममा पराजित भएर पेरिस ओलम्पिकबाट बाहिर भइन्। सिन्धूले एक्स-मा जारी पोस्टमा लेखेकी छन्, म आफ्नो भविष्यबारे स्पष्ट हुन चाहन्छु, म खेल्न जारी राख्नेछु तर केही समयको ब्रेकपछि। मेरो शरीरलाई अनि सबैभन्दा महत्त्वपूर्ण कुरा दिमागलाई यसको आवश्यकता छ। म अघिको यात्रालाई सावधानीपूर्वक मूल्यांकन गर्ने योजना बनाइरहेकी छु अनि जुन खेललाई म सबैभन्दा धेर माया गर्छु त्यसलाई खेल्नमा अधिक आनन्द खोज्नेछु। यो मेरो करियरको सबैभन्दा कठिन हारहरूमा एउटा हो। यसलाई स्वीकार गर्न समय लाग्नेछ तर जीवन अघि बढ़्दै जाँदा यसलाई स्वीकार गर्ने मलाई थाहा छ।
भारतकी शीर्ष खेलाड़ीहरूमा सामेल २९ वर्षीय सिन्धूले बताएअनुसार, ओलम्पिकको निम्ति उनको तयारी आदर्श थिएन तर उनले पेरिस आएर आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गरिन्। उनले भनिन्, पेरिस २०२४-को यात्रा संघर्षले भरिएको थियो जसमा २ सालसम्म चोटसँग जुझ्नु अनि खेलबाट लामो समयसम्म टाढ़ा रहनु सामेल थियो। यस्तो चुनौतीहरूपछि पनि यहाँ आएर उभिनु र तेस्रो ओलम्पिकमा आफ्नो अद्भूत देशको प्रतिनिधित्व गर्नु पाएर म वास्तवमा गर्वित छु। म यस स्तरमा प्रतिस्पर्धा गर्न सकेर अनि विशेषगरी एउटी पीढ़ीलाई प्रेरित गर्ने मौका पाएर आफूलाई भाग्यशाली ठान्छु। म अनि मेरो टीमले पेरिस २०२४-को निम्ति सर्वश्रेष्ठ प्रयास गऱ्यौं अनि कुनै पछुतो बिना कोर्टमा सबैथोक दियौं। उल्लेखनीय छ, हैदराबादकी यस खेलाड़ीलाई भारतीय ब्याडमिण्टनको सबैभन्दा सफल खेलाड़ीहरूमा एक मानिन्छ, जसले एउटा स्वर्ण र २ वटा रजतसहित विश्व च्याम्पियनशीपमा जम्मा ५ वटा पदक जितेकी छन्। यसबाहेक उनी २ पल्टकी ओलम्पिक पदक विजेता तथा कमनवेल्थ र एशियन गेम्समा धेरैपल्टकी पदक विजेता हुन्।










